– त्रिलोचन कोइराला / युएई
नेपाल पत्रकार महासंघ युएई शाखाले युएइको पत्रकारितालाई प्रोत्सान गर्न क्रियासिल पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ। प्रवासी पत्रकारिताको बिकास , क्रियासिल पत्रकारको प्रोत्सहान , नया पत्रकारलाइ हौसला तथा गुणस्तरीय समाचार लेखार्इको विकास गर्न पत्रकारिता पुरस्कार राखिएको युएई शाखाका अधक्क्ष अर्जुन दाहालले बताए । उनका अनुशार पुरस्कारमा प्रमाणपत्र, शिल्ड , मायाको चिनु तथा नगद रहने छ ।
डिसेम्बर ७ तारिक शुक्रबार बरदुबाईमा भएको शाखाको बैठकले बार्षिक कार्यक्रममा उप्त पुरस्कार बितरण गर्ने निर्णय गरेको हो ।शाखाले दिएको जानकारी अनुशार प्रतेक बर्ष शाखाको बार्षिक कार्यक्रममा क्रियासिल पत्रकारिता गर्ने एक पत्रकारलाई यस पुरस्कार बाट सम्मानित गरिने छ । बैठकले पुरस्कारलाई मर्यार्धित तथा निश्पक्क्ष बनाउन अनुगमन तथा मुल्यांकन समिति बनाएको छ । सचिब निमेष गिरि अनुगमन समितिमा संयोजक रहेका छन भने मुल्यांकन समितिमा युएई शाखा अधक्क्ष अर्जुन दाहालको संयोजकमा पत्रकार महासंघ केन्द्रीयकार्यालले तोकेका दुइ सदस्य पत्रकार पुरस्कार मुल्यांकन समिति सदस्य रहने छन । केन्द्रीय अधक्क्ष शिब गाउलेले चाडै मुल्यांकन समिति सदस्य तोक्ने बताउदै युएई शाखाको यस कदमप्रति आभार प्रकट गरेका छन ।
युएइमा पत्रकारिता गरिरहेका , पत्रकारिता गर्न चाहने जो कोहि पनि नेपालि यस पुरस्कारको दाबिदार रहन सक्ने जनाउदै शाखा सचिब निमेष गिरीले यसको लागि शाखाले बनाएको नीति तथा फारम चाडै सार्बजनिक गर्ने बताए । शाखाले बनाएको नीति अनुशार नै पत्रकारिता पुरस्कारमा सहाभागी बन्न पाइने गिरीले बताएका छन उनका अनुशार पत्रकारिता अनुगमन जनवरी १ देखि थालिने छ ।
शाखाको बैठकले सन २०१३ सालको एक बर्षे बार्षिक कार्यक्रम पनि पारित गरेको छ । अधक्क्ष दहालने बनाएको बार्षिक कार्यक्रम केहि संसोधन सहिद सर्बसम्बत पारित भएको हो ।पारित बार्षिक कार्यक्रममा अन्तरक्रिया, तालिम, स्थानीय संचार माध्यम संघ समन्ध सुधार, स्मारिका तथा पत्रिका प्रकाशन लगाएका कर्याक्रम रहेको शाखाले जनाएको छ ।