
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा मध्यपुर युथ एशोसिएशन र नेपाल आर्मी क्लवले बराबरी खेलेका छन् । दुवैतर्फबाट गोल गर्ने प्रयास असफल भएपछि खेल गोलरहित बराबरीमै टुङ्गिएको हो ।
बराबरीसँगै ५ खेलबाट ८ अंक बटुलेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ भने मध्यपुर ६ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । मध्यपुले पाँच खेलबाट तीन खेल बराबरी खेलिसकेको छ ।

आजको दोस्रो खेलमा अहिले मनाङ्ग मस्र्र्याङ्गदी क्लवले न्युरोड टिम एनआरटीको सामना गरिरहेको छ । ४ खेलबाट आठ अंकसहित मनाङ्ग लिग तालिकाको चौथो स्थानमा छ भने समान खेलबाट सात अंक बटुलेको एनआरटी सातौं स्थानमा छ ।
लिगमा उपाधि दावेदारीलाई बलियो पार्न मनाङ्ग र एनआरटी दुबै टोलीको लागि जारी खेल निकै महत्वपूर्ण रहेको छ ।
– RSS





