पाठेघरको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या

डिम्बासयको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या रहेको खुलासा भएको छ । बिरामी भएर नर्भिक अस्पताल पुगेलगत्तै गरिएको परिक्षणमा डिम्बासयमा क्यान्सर र कलेजोले काम नगर्ने अबस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
अचानक पेट दुखेर आत्तिएकी मनिषालाई परिवारले गत मंसिर १० गते थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याएका थिए । अस्पताल आउँदा मनिषाको अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जानकारी दियो । त्यतिबेलै गरिएको परिक्षणमा मनिषाको डिम्बासयमा क्यान्सर र कलेजो फेल भएको रिपोर्ट आएको थियो ।