श्रृखलाबद रुपमा पत्रकारलाई कुटपिट एवं आक्रमणको नेपाल पत्रकार महासंघ युर्एइको गम्भिर ध्यानाकर्षण

– उमाकान्त पाण्डे गाउले 
श्रृखलाबद रुपमा पत्रकारलाई कुटपिट एवं आक्रमणको धम्की दिने कार्य बढेकोमा नेपाल पत्रकार महासंघ युर्एइको गम्भिर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेष विज्ञप्ति मार्फत सरकारसंग प्रत्यक्ष परोक्ष्य रुपमा संलग्न भएका व्यति समुहलाई तत्काल कार्वाहि गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरिएको छ । 
पत्रकारलाई आक्रमणको धम्कि दिनु प्रेश स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै विगत लामो समयदेखि नै नेपाली पत्रकारहरूलाई कुटपिट एवं धाकधम्किका श्रृखलाहरू निरन्तर दोहरीरहेकोमा पत्रकार महासंघ युर्एइ शाखाले घटना प्रति घोर निन्दा एवं भर्त्सना गर्दछ युर्एइ शाखाका अध्यक्ष अर्जुन दहाल र सचिब निमेष गिरी द्वारा सम्युत्त रुपमा हस्ताक्षर गरी जारी गरिएको  प्रेष विज्ञप्तिमा उल्लेख गरिएको छ । 
नेपाल पत्रकार महासंघ, सिन्धुपालचोक शाखाका पूव सभापति एवं कान्तिपुर दैनिकका उप सम्पादक ऋषिराम पौडेल र शाखाका कोषध्यक्ष एवं स्थानीय “सिन्धु प्रवाह” साप्ताहिकका सम्पादक एवं राजधानी दैनिकका सम्वाददाता दिनेश थापालाई विभिन्न व्यक्ति र समुहले टेलीफोनवाट आक्रमणको धम्की आएको ,त्यस्तै नेपाल पत्रकार महासंघका सदस्य तथा बारास्थित कान्तिपुर टेलिभिजनका सम्वाददाता उपेन्द्र ठाकुरलाई बाराका नेपाल प्रहरी उपरीक्षक दानसिंह बोहराले दुर्व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएको घटना प्रति शाखाको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनार्इएको छ ।
पत्रकारलाई आक्रमणको धम्कि दिनु प्रेश स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै संविधानले प्रदान गरेको अधिकारलाई चुनौती दिने दुवै घटनाको पत्रकार महासंघ युर्एइ शाखा घोर निन्दा एवं भर्त्सना गर्दछ भनिएको छ । विज्ञप्तिमा अगाडि भनीएको छ “यस किसिमको पत्रकारको स्वतन्त्रता पुर्वक लेख्ने अधिकार प्रति डर र त्राशको श्रृजना गरी जनताको सुसुचित हुने अधिकारमा हस्तक्षेप कुनै पनि हालतामा प्रजातान्त्रिक मान्यताको दायरमा पर्न सक्दैन’।