अन्तरजातीय विबाहको १४ वर्षपछि गुल्मी लिम्घाकी एक दलित महिला अंश पाईन्

गुल्मी –  अन्तरजातीय विबाहको १४ वर्षपछि गुल्मी लिम्घाकी एक दलित
महिला अंश पाएकी छन् । लिम्घा गाविस वार्ड नं १ खोरडाँडा निबासी बसन्ती
सुनारले आफ्ना ससुरा नर बहादुर खप्तरीबाट अंश पाएकी हुन् । उनको १४ वर्ष
अघि स्थानिय दिपक खप्तरीसंग प्रेम बिबाह भएको थियो । प्रेम सम्बन्धकै
क्रममा गर्भधारण भएपछि दिपक खप्तरी मगर उनलाई घर नभित्र्याईकन भागेका थिए
। खप्तरी अहिलेसम्म पनि बेखवर छन् ।



खप्तरी भागेर अलपत्र परेकी बसन्ती र उनकी छोरी गीता १२ वर्षसम्म बेबारीसे
जस्तै बनेपछि २ वर्ष अघि जिल्ला अदालत गुल्मीले नाता कायम गर्नुका साथै
अंश पनि दिनु भनी फैसला गरेको थियो । अदालतले फैसला गरेको २ वर्षसम्म पनि
अंश दिन आनाकानी गरेका उनका ससुरा नर बहादुरले जिल्ला मालपोत कार्यालयबाट
विभीन्न ठाउँका ४ कित्ता जमिन बसन्तीका नाममा नामसारी गरीदिएको स्थानिय
समाजसेबी झविन्द्र थापाले बताउनुभयो ।


अन्य समाचारहरु