– कपिल ज्ञवाली
लायन्स क्लव अफ बुटवल खस्यौलीले आज कुष्टप्रभाबितहरुलाई लत्ताकपडा तथा खाद्यान्न बितरण गरेको छ ।
बुटवल १५ जितगढिमा रहेका १४ जना कुष्टप्रभाबितहरुलाई एक समारोहका बिच डिस्टि्रक रिजन पर्सन रामेश्वर श्रेष्ठ,डिस्टि्रक जोन चियर पर्सन अर्जुन मान सैजु,क्लवका एक्सटेन्सन चियर पर्सन ज्ञानेन्द्र कसजु,क्लवका अध्यक्ष बाबुराम बोहोरा तथा क्लवका पदाधिकारीहरुले कम्मल,चामल तथा बिस्कुट प्रदान गरेका हुन ।
सो अबसरमा बोल्दै डिस्टि्रक रिजन पर्सन रामेश्वर श्रेष्ठले कुष्ट प्रभाबितहरुलाई समाजले हेर्ने दृष्टिकोण परिबर्तन जरुरी रहेको भन्दै सबैको सहयोगले उनिहरुलाई हौसला थप्नुपर्ने बताउनुभयो ।
क्लवका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका एक्सटेन्सन चियर पर्सन ज्ञानेन्द्र कसजु,सचिब राजु पौडेल,कार्यक्रम संयोजक अखिलेश गुप्ता लगायतले बोल्दै आगामी दिनमा पनि सहयोग जारि राख्ने बताएका थिए ।
क्लवले निकट भबिश्यमै बुटवल क्षेत्रमा एक ब्यबस्थित प्रतिक्षालय निर्माणको तयारी गरेको क्लवका सदस्य गोपाल पाण्डेले जानकारी दिनुभयो ।