अन्तरजातीय विबाहको १४ वर्षपछि दलित महिलाले अंश पाईन

अन्तरजातीय विबाहको १४ वर्षपछि गुल्मी लिम्घाकी एक दलित महिला अंश पाएकी छन् ।
गुल्मी अन्तरजातीय विबाहको १४ वर्षपछि गुल्मी लिम्घाकी एक दलित महिला अंश पाएकी छन् । लिम्घा गाविस वार्ड नं १ खोरडाँडा निबासी बसन्ती सुनारले आफ्ना ससुरा नर बहादुर खप्तरीबाट अंश पाएकी हुन् । 
उनको १४ वर्ष अघि स्थानिय दिपक खप्तरीसंग प्रेम बिबाह भएको थियो । प्रेम सम्बन्धकै क्रममा गर्भधारण भएपछि दिपक खप्तरी मगर उनलाई घर नभित्र्याईकन भागेका थिए । खप्तरी अहिलेसम्म पनि बेखवर छन् । खप्तरी भागेर अलपत्र परेकी बसन्ती र उनकी छोरी गीता १२ वर्षसम्म बेबारीसे जस्तै बनेपछि २ वर्ष अघि जिल्ला अदालत गुल्मीले नाता कायम गर्नुका साथै अंश पनि दिनु भनी फैसला गरेको थियो । 
अदालतले फैसला गरेको २ वर्षसम्म पनि अंश दिन आनाकानी गरेका उनका ससुरा नर बहादुरले जिल्ला मालपोत कार्यालयबाट विभीन्न ठाउँका ४ कित्ता जमिन बसन्तीका नाममा नामसारी गरीदिएको स्थानिय समाजसेबी झविन्द्र थापाले बताउनुभयो ।

अन्य समाचारहरु