अन्ना क्यासिनोमा प्रहरीको छापा, ४ जुवाडे पक्राउ

काठमाडौंको दरवारमार्ग स्थित अन्ना क्यासिनोबाट जुवा खेलिरहेका चार जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा नुवाकोटका दावा लामा, रामेछापका लालवहादुर थापामगर, तेह्थुमका नरेश खवाङ्ग लिम्वु र काठमाडौंका सविना बानु रहेका छन्।
उनीहरुलाई गैरकानुनी रुपमा जुवा खेलिरहेको अवस्था प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नगद ७ हजार १ सय ९० रुपैयाँ बरामद गरेको जनाएको छ।
 
काठमाडौंमा रहेका क्यासीनोहरुमा संचालकहरुले गैरकानुनी रुपमा नेपाली नागरिकलाई प्रबेश गराई अबैध रुपमा जुवा खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा छापा मार्दा चार जना पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अन्य समाचारहरु