कालिका उच्च माध्यमिक बिद्यालय बुटवलको ५२ औ बार्षिकोत्सव को अवसरमा आयोजित भलिवलमा न्यू होराइजन, कवितामा मणिमुकुन्द प्रथम/शिक्षा पत्रकारिता पुरस्कार के.सी. र मल्ललाई

कालिका उच्च माध्यमिक बिद्यालय बुटवलको ५२ औ बार्षिकोत्सव को अवसरमा आयोजित खेल सप्ताह  अन्तर्गत आज सम्पन्न श्रोत केन्द्र स्तरीय भलिवल प्रतियोगिताको उपाधि न्यू होराइजन उच्च मा.वि.ले जितेको छ । आज सम्पन्न अत्यन्त प्रतिश्प्रधात्मक खेलमा होराइजन ले कान्ति उच्च मा.वि.लाई हराएर उपाधि कब्जा गरेको हो । 
बुटवल श्रोत केन्द्र अन्तर्गतका १० वटा उच्च मा.वि.ले भाग लिएको भलिवल प्रतियोगितामा कान्ति उच्च मा.वि. र मणिमुकुन्द कलेज क्रमश; दोस्रो भएका छन्। 
त्यसैगे आजै  आयोजित  तेस्रो शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा मणिमुकुन्द कलेजकी छात्र आरति कुँवर प्रथम भएकी छन्,  त्यसैगरी अक्सफोर्ड उ.मा.वि.कि छात्रा कोपिला काफ्ले र कालिका उ.मा.वि.कि छात्रा राधा पोख्रेल क्रमश: द्वितीय र तृतीय हुन सफल भएका छन् । विद्यालयको स्वर्ण जयन्तिको अवसरमा स्थापित अक्षयकोष ले हरेक वर्ष जिल्ला स्तरीय कविता प्रतियोगिता आयोजना गर्दै आएको छ। 
कालिका उ.मा.वि.को ५२ औ बार्षिकोत्सव मूल समारोह पुष ७ गते सम्पन्न भएको छ । समारोहमा  बिभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाइ पुरस्कार  , बिध्यालयका उत्कृष्ट विद्यार्थीहरु लै छात्रबृति तथा सम्मान प्रदान गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभएको छ। 
शिक्षा पत्रकारिता पुरस्कार के.सी. र मल्ललाई
कालिका उच्च मा.वि,को स्वर्ण महोत्सवको अवसरमा स्थापित स्व. अरुण पौडेल कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता अक्षयकोष द्वारा प्रदान गरिने शिक्षा पत्रकारिता पुरस्कार  २०६८ र २०६९ क्रमश: बुटवलका पत्रकार शेर बहादुर के.सी. र कृष्ण मल्ललाई प्रदान गरिएको छ । 
लुम्बिनी अंचलको सामुदायिक बिद्यालय र शिक्षा सम्बन्धि निरन्तर रुपमा उत्कृष्ट रिपोर्टिंग गरेकोले पत्रकार द्वयलाई पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक घनश्याम पाठकले जानकरी दिनुभयो। 
नागरिक दैनिकका बुटवल सम्बाददाता शेर बहादुर के.सी. बुटवलमा रही लामो समयदेखि रिपोर्टिंग तथा लेखनमा संलग्न हुनुहुन्छ। त्यसैगरी खोजमुलक शिक्षा पत्रकारितामा संलग्न पत्रकार कृष्ण मल्ल बुटवल देखि प्रकाशित पाठशाला मासिकको प्रकाशक तथा सम्पादक हुनुहुन्छ। 

अन्य समाचारहरु