बुटवल बहुमुखी क्याम्पस अगाडि भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

बुटवल बहुमुखी क्याम्पस अगाडि आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा प्युठान ढुङ्गेगढी गाविस-८ घर भएका २२ वर्षीय रोमानसिंह सोमै मगरको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 सोही गाविस वडा नं २ घर भएका २० वर्षीय दोमान सोमै मगर सख्त घाइते भएका र उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा प्राथमिक उपचारपछि काठमाड रिफर गरिएको छ ।

गोलपार्कबाट मिडियाचोकतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको लु १ ख ४४३२ नं को माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलसहित लडेका युवाहरुलाई पुनः गोलपार्कबाट आउँदै गरेको ना ३ ख २६८७ नं को
टि्रपरले किचेर मृत्यु भएको  छ ।

अन्य समाचारहरु