झापा । झापाको सुरुङ्गस्थित जामुनखाडीको सिमसार क्षेत्रबाट वनभोज मनाएर फर्कने क्रममा टाटाभ्यान पल्टिँदा सो गाडीमा सवार एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरु विराटनगरका विभिन्न उद्योगमा कार्यरत मजदुर रहेको बताइएको छ ।
दुर्घटनामा विराटनगरको जहदा बस्ने ३० वर्षीय लक्की यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।



