– लक्ष्मण खनाल
नेपाली जनप्रगतिशिल मञ्च युएईले अलपत्रमा परेका नेपालीहरुलाई सहयोग गरेको छ ।
कामका लागि युएई पुगेपनि कम्पनीले भनेजति तलब र काम नदिएपछि अलपत्र परेका नेपाली कामदारलाई जनप्रगतिशिल मञ्च युएईले सहयोग प्रदान गरेको हो ।
वैदेशिक रोजगारीका लागि तीन महिना पहिले युएईको स्थित मिर्जा टेक्नीकल सर्विस कम्पनीमा पुगेका ९ जना नेपालीहरु कम्पनीले तोकीए बमोजिमको काम र तलब पनि नदिएपछि खान र वस्न समस्या परेपछि उनिहरु नेपाली नियोग र विभिन्न संघसंस्था गुहार्न पुगेका थिए । उनीहरुको अवस्था बुझ्न गएको मञ्चका महासचिव बावुराम विश्वकर्मा, संगठन विभाग प्रमुख टिका दत्त शिवा र शारजाह क्षेत्रिय अध्यक्ष रिषीराम पाठक लगायतका पदाधिकारीहरुको टोलीले उनीहरुलाई खानको व्यवस्थाको लागि आर्थिक संकलन गरी करिव चौध हजार नेपाली बरावरको आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरेको छ ।
अलपत्र परेकाहरुमा चितवन ३ पटयानीका नारायण प्रसाद त्रिपाठी, रोशन हमाल, रामबहादुर पौडेल, र अमृत बहादुर गुरुङ, पटयानी ४ चितवनका राजेश सिंह र भिम बहादुर गुरुङ, भरतपुर ५ चितवनका अमृत बहादुर खड्का, भरतपुर ४ चितवनका भिम बहादुर गुरुङ र जनकपुरका देबेन्द्र नारायण सिंह रहेका छन् ।
कम्पनीले २ हजार दिहराम मासिक तलब भन्ने झुटो आश्वासनमा अर्मला गाविस कास्कीका कृष्णलाल तिवारीको सम्पर्कवाट पुगेका उनीहरुले तिवारीलाई प्रति व्याक्ति दुइलाख पचास हजार दिएको बताएका छन् ।