मानवसेवा आश्रमले एक वृद्द महिलालाई वेवारिसे अवस्थामा सडकबाट उद्दार

सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियानले) मकवानपुर जिल्लामा संचालन गरिरहेको सबैको लागि खाना,सबैको लागि नाना, हामी सबैजानाको सानो सानो प्रयास भयो भने सडकपेटीमा कोही पनि भोकै र नाङगै बस्न पर्दैन भन्ने अभिष्टले सडक किनारामा दुख्खदायी जीवन व्यतित गरी जीवन गुजार्न विवश व्यक्तिहरूको सेवामा जुटेको मानवसेवा आश्रमले आज लामो समय देखी हे.न.पा-सिमाचोक वरिपरी सडकमानै दु:खदायी जीवन विताउँदै आईरहेकी अन्दाजी ५५ बर्षिय,मानसिक संतुलन गुमाएकी नाम खुल्न नसकेको वृद्द आमालाई साँझ ७ बजे मानवसेवा आश्रमले हे.न.पा – सिमाचोकबाट  उद्दार गरेको छ।
आश्रममा १४ जानाले आश्रय लिराखेका छन् भने २ जानालाई आश्रमले उनिहरूको घरमानै गएर सेवा प्रदान गरिरहेको छ। २ जानलाई परिवार भेटिए पछि उनिहरूको  आफ्नो परिवारमा नै पुन: स्थापना गरिसकेको र आश्रममा आश्रितअरूको पनि परिवारको खोजी भई रहेको अभियानका अभियन्ता एंव सह-सचिव सुमन वर्तौलाले जानकारी दिनु भयो।

अन्य समाचारहरु