माघेसक्रान्तिको अवसरमा सिरक तथा लत्ताकपडा वितरण

– कृष्ण खनाल
माघेसक्रान्तिको अवसरमा श्री र्साईबाबा चेरी टेवल ट्रष्ट बु्टवल ५ को आयोजनमा सत्यर्साई विद्यापिठ देवदह-३ खैरेनी सितलनगरको शिवालय टोलका विद्यार्थीहरु तथा  बिपन्न र अनाथ बालबालिकाह्रुलाई खिचडी खुवाउने कार्यक्रम तथा लत्ता कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  
सस्थाका संस्थापक अध्यक्ष मिन कुमार श्रेष्ठको  प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सतिरचन्द्र कौसधनको विशिष्ठ आतिथ्यता रहेको थियो । 
संस्थाका अध्यक्ष पवित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा र्साईवावा विद्या पिठका प्रमुख संरक्षक अरुण मल्लले स्वागत मन्तव्य राखेका थिए । 
कार्यक्रममा शिवालय बन उपभोक्ता  समितिका अध्यक्ष खेमनारायण अधिकारी, विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल बस्याल, गुमान सिंह श्रेष्ठ, जितकुमार श्रेष्ठ, संस्थाका कोषाध्यक्ष मनोज मित्तल, महासचिव सकुन्तला टण्डन,विनोद हिरावल, लगायतले मन्तव्य राखेका थिए । 
करिव २५० जनालाई मिर्ठाई, विस्कुट तथा खिचडी खुवाइएको थियो । ट्रष्टका सदस्य  सजना मित्तले व्याक्तिगत रुपमा  १७ वटा सिरक वितरण गरेकी थिईन । 

अन्य समाचारहरु