दुबइमा पत्रकार पाठक सगं खुल्ला भेटघाट तथा अन्तरसंवाद कार्यक्रम

– उमाकान्त पाण्डे गाउंले 
नेपालका वरिस्ठ संचारकर्मी दिल भुशण पाठक सगं दुबइमा खुल्ला भेटघाट तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज युएईको स्थानिय सम्योजकत्वमा सम्पन्न कार्यक्रममा यहाँ कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती थियो । दुबइ मेट्रो पार्कमा भएको कार्यक्रममा घरेलु महिला कामदार देखी बिभिन्न कम्पनीको उच्च स्तरिय पदमा कार्यरत नेपालीहरुको उपस्थिती थियो । 
कार्यक्रममा आम सर्वसाधारणको आवाजलाई पत्रकार पाठकले ध्यानपुर्वक श्रवण गर्दै यहाँका आवाजलाई सम्बन्धित निकाय सम्म पुराएर ध्यान केन्द्रित गराउन आफुले सक्दो पहल गर्ने बताएका थिए । पाठक न्युज २४ टेलीभिजनका वरिस्ठ कार्यक्रम संचालक तथा अन्य संचार सस्थामा आबद्द पत्रकार हुन । 
कार्यक्रममा आम सर्वसाधारणाको बाक्लो उपशिती थियो । उपस्थित सबैले राख्ने गुनासामा श्रम सम्बन्धी मुद्दा बडी देखिन्थे । भिसा प्राप्त गरे पछी पनि श्रम बिभाग बाट बिभिन्न बहनावाजीमा श्रम नगरि दिने , श्रम गर्न गराउन पनि कुनै माध्यम अपनाउनु पर्ने जस्ता बिषय धेरैले राखेका थिए । आबश्यक कानुनी प्रकृया नभै झन्झटिलो ब्यबस्थाले गर्दा भ्रस्ट्राचार तथा घुस खोरीको क्रम झ्याङिएको दुखेसो युएई बासी नेपालीको थियो । 
यस्तै आवाजलाई प्रतिनिधित्व गर्दै अर्घाखाँची संपर्क समिति युएईका अध्यक्ष राजु खड्काले भने ” श्रमकाका लागी  दुतावास मा गरिने नाता प्रमाणितका कागज पत्रलाई समेत प्रमाणिकी करण गर्न धेरै समय लाग्ने भएकोले बरु सम्बन्धित ब्यत्तिको स्थाई जिल्लामा रहेको स्थानिय प्रशासन मार्फत प्राप्त गरिने पत्रका आधारमा छिट्टो छरितो ढंग बाट काम गरिदिए अलिक सरलता हुन्छ” । उनले भने ” भिसा कपी नै समब्न्धित ब्यत्तीको स्थाई जिल्लामा रहेको स्थानिय प्रशासन मार्फत श्रम मन्त्रालयलाई पत्र पठाएर श्रम गर्ने ब्यबस्था गरे अलिक सजिलो हुन्थ्यौ”।     
त्यस्तै बाग्लुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कडेंलले युएइ नेपालीको राम्रो रोजगारी गन्तब्य मुलुक भएको तथा दुतावास आबुधाबीमा मात्र सिमित रहेकोले युएईका अन्य शहरमा कन्सुलेट स्थापना गरेर भए पनि सेवा सुविधा विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।  
Photo8
नेपाली महिला समितिकी अध्यक्ष राधा ढकालले युएईमा आउने महिला कमादारको उमेर हक बन्धी लगाएको मा आपत्ति जनाएकी थिईन । १८ बर्ष पुरा गरे पछी राहदानी दिने राहदानी पाउन योग्य ब्यत्तीलाई रोजगारीलागी बैदेशिक रोजगारीमा जान रोक लगाउने सरकारको नितिगत निर्णयको उनले बिरोध गरिन । उनले भनिन “नेपालमा रोजगारी दिलाउन नसक्ने,बिदेश गएर भए पनि कमाउछौ भन्नेलाई सरकारले उमेरको हकबन्धी लगाएर बिदेश आउन जान नदिने,?” यो तत्काल हटाउनु पर्छ । ” सरकारले जस्तो सुकै ब्यबस्था गरे पनि १८ बर्ष नपुगेका नेपाली समेत युएई लगायत अन्य खाडी मुलुक आउने जाने गरेकोले सरकारले लगाएको उमेर सम्बन्धी हक बन्धीले झन अन्य गलत प्रब्रितीलाई आश्रय दिएको उनको भनाइ थियो । 
श्रम प्रकृयामा झन्झटिलो ब्यबस्था भएकोलेले एजेन्ट मार्फत बिभिन्न “सेटिङ” गरेर आउने क्रम बडेकोले श्रम बिभागमै श्रम सम्बन्धी प्रकृयालाई सरलीकरण गर्न सके धेरै नेपालीलाई सजिलो हुने कार्यक्रममा धारणा राख्ने सबैको भनाइ थियो । 
नेपालको अर्थब्यबस्थानै बिदेशमा कार्यरत नेपालीले पठाएको पैसा रेमिट्यान्स मार्फत धानिएकोले नेपाल सरकारले बैदेशिक रोजगारीमा आउने प्रकृयालाई सजिलो बनाउनुको सट्टा यो वा त्यो बहनामा जटिलता थपेकोले तथा यस् कारण उत्पन्न समस्या सरकारलाई जानकारी भए पनि सरकारले खासै कुनै गम्भिरता नदेखाएकोले प्रवासीएका नेपालीको पिडा झन बड्ने गरेको दुखेसो धेरैको थियो । 
कार्यक्रममा उठेका सबै बिषयलाई नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले सहजी करण गरेका थिए । युएईमा कार्यरत नेपालीको अवस्था र यहाँ कार्यरत नेपालीको सबल र दुर्बल पक्षका बारे पत्रकार पाठकलाई ढकालले  जानकारी गराएका थिए । यहाँ कार्यरत नेपालीको न्युनतम तलब सेवा सुबिधाका बारे पुनह:श्रम सम्झौता गर्नु पर्ने देखिएको समेत ढकालको भनाइ थियो । कार्यक्रममा उठेका सबै बिषयलाई बुद्दागत रुपमा उल्लेख गरी दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र मार्फत बुझाउने ढकालले जानकारी गराएका थिए । कार्यक्रममा नेपाली समाज युएईका उपाध्यक्ष सालीक सुवेदी, सह-कोषाध्यक्ष शिवराज जैसी , केन्द्रिय सदस्य स्गुप्त शेखर पौडेल , लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो । 
पत्रकार पाठकले युएई भ्रमणको समयमा बिभिन्न मजदुर क्याम्पहरु भ्रमण गरेको, यहाँ कार्यरत नेपालीको अवस्थाका बारे स्थलगत रिपोर्टिङ गरेको र त्यसलाई स्थानिय स्तरमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल , समाजसेवी छत्र लामा तथा अन्य पदाधिकारीले सहयोग गरेको जानकारी समेत हामीलाई प्राप्त भएको छ ।