नेपाली समाज युएइको पार्षद भेला फेब्रुअरी १ मा हुने

– उमाकान्त पाण्डे गाउंले  
दुबइ – जनवरी २५ – नेपाली समाज युएईको पार्षद भेला फेब्रुअरी १ शुक्रबार हुने भएको छ । एभरेस्ट इन्टरनेशनल होटल बरदुबईमा दिउसो २ बजे भेला सुरु हुनेछ । बिधानत:समाजका पार्सद सदस्यहरुको भेलालाई परिषद भेला भनिने गरिन्छ । समाजको पार्षद भेलामा  बिधानको दफा ९ अनुसार बनेका सम्पूर्ण सदस्य , तथा बिधानको दफा ५१ ले परिकल्पना गरे बमोजिमका सम्पूर्णले उपस्थिती जनाउन सक्नेछन । 
समाजका परिषद सभापती तुलसी तमाङले एक प्रेस बिज्ञप्ती जारी गर्दै “पार्षद भेला” आयोजना गरिएको जानकारी गराएका हुन । बिज्ञप्ती मार्फत उनले नेपाली समाज युएइका सम्पुर्ण पार्षद सदस्यहरूलाई उक्त भेलामा उपस्थित हुनको लागि आग्रह गरेका छन् । वर्तमान निर्वाचित कार्यकारिणी समिति २०१२ डिसेम्बर सम्ममा २ बर्षे कार्यकाल पूरा गरिसकेको र  यो अबधिभर कार्य समितिले गरेका सबै कामकाजहरू सम्पुर्ण पार्षद सदस्य तथा नेपाली समाज युएई मातहतका बिभिन्न संघ संस्था र सरोकारवाला सम्पुर्ण यूएइवासी नेपालीलाई अबगत गराउनु पर्ने भएकोले पार्षद भेला राखिएको अवगत गराउछु शभापती तमाङले उल्लेख गरेका छन ।  
बिज्ञप्ती मार्फत परिषद शभापतीले भनेका छन् “नेपाली समाजको उच्च निकाय परिषद भएकोले समाजमा भए गरेका सबै कुराको लेखाजोखा, मुल्याङ्कन, प्रशंशा तथा दण्डित गर्ने अधिकार उक्त परिषदलाई रहेकोले र समाजले गरेका सबै गतिबिधीहरू जान्न पाउने अधिकार सम्पुर्ण सल्लाहकार, संघ संस्था, तथा पार्षद सदस्यहरूलाई भएको जानकारी गराउदछु”।
नेपाली समाज युएईको बिधानत: धारा ५२ को ‘क’ अनुसार परिषद भेला आयोजना गर्नु पर्ने आवस्यकता ठहर गरिएकोले केन्द्रिय कार्यकारिणि समिति सगं सल्लाह गरी परिषद भेला बोलाइएको परिषद शभापति तमाङले आफ्नो बिज्ञप्तीमा उल्लेख गरेका छन । भेलामा सम्पुर्ण पार्षद सदस्यहरूलाई उपस्थित हुन आग्रह समेत गरिएको छ । यदी कुनै कारण वस जानकारी प्राप्त नभएको भए यसै समाचारलाई अधिकारिक ठानी भेलामा उपस्थितीका लागि सम्पूर्ण पार्षद सदस्यलाई आग्रह गरिन्छ । 
नेपाली समाजको नेतृत्वले गरेको २ वर्षे कार्यकालको लेखाजोखा गर्दै निर्वाचित,मनोनित पश्चात कुनै पनि वैठकमा उपस्थित भए नभएका उपरको बिषयमा छलफल गरी निर्णय गर्दै केन्द्रिय कार्यकारिणि समितिलाई निर्णायक विन्दुमा पुर्याउन पार्षद भेलाले सहयोग गर्ने बुझिएको छ ।