नेपाली चलचित्रको बजार सागुरो छ भन्ने आरोप लागिरहदा फरक धारको चलचित्र बनाउन माहिर कमेडी कलाकार सुलेकमन संखर आफ्नु चलचित्र इकु २ बिभिन्न देशमा पर्दसन गर्दै नेपाली चलचित्रको बजार फराकिलो रहेको प्रमाणित गरिदिएका छन ।
जंगली मान्छे इकुको भूमिकामा मेरीबासै टेलिसिरियलमा देखिएपछि नेपाली दर्सकले मनपराएका कलाकार सुलेकमानले आफनै लगानीमा २०६६ सालमा बनाएको चलचित्र इकुको सफलताले हौसिएर भखरै बनाएको चलचित्र इकु २ नेपालमा प्रिमियाए सो गरेर उनले नेपाली चलचित्रको बजार बढाउन नेपालीहरुको बसाई भएका देशाहरुमा इकु २ लिएर हिडिरहेका हुन ।
मलेसिया सिंगापूरको सफल प्रदर्शन पछी एक महिना देखि यूएइका बिभिन्न शहरहरुमा रहेका नेपालीहरूलाई इकु २ देखाइरहेका सुलेकमानले गत फेब्रुअरी १ तारिक बिविध सस्कृति कार्यक्रमका साथ अबुधाबीको केरला सोसाइटीमा खचाखच दर्सकका बिच युएइका लागि अन्तिम प्रदर्शन गरे । अबुधाबीमा सास्कृतिक कार्यक्रममा नेपाली चर्चीत कलाकारहरु निच्चल श्री , हरि मोक्तान. तृष्ण लामा ,हरि खडका लगाएतले साथ दिएका थिए कार्यक्रममा हरि खडका र सुलेकमानले हरिबहादुर र केपी वलीको स्वरमा कमेडी गरेर दर्सकलाई मजाले मनोरञ्जन दिएका थिए ।
नेपालको जंगलमा बस्ने एक समुदाय राउटेहरुको बिषयमा बनाइएको चलचित्र इकु २ युएइमा सफल प्रदर्शन भएपछी सुलेकमानले युएइकै दर्सक माझ घोषणा गरे अब इकु ३ , इकु ४ पनि बनाउछु । निकट समयमा फरक धारको अर्को चलचित्र बनाउने तयारीमा राहेका सुलेकमानले युएई पछी अब इकु कतार पस्ने बताए । कतार पछी , बेल्जियम ,कोरिया, अस्ट्रेलिया,जापान कुबेत, अमेरिका, बेलायत लगएतका देशमा रहेका नेपालीहरुलाई इकु २ देखाएपछि मात्र नेपालका दर्सकले उप्त चलचित्र हेर्न पाउने भएका छन ।