नेपाली गीत-संगीतको डिजिटल ब्यवसाय पर््रवद्धन तथा र्सर्वेक्षणका लागि नेपाल संगीत उद्योग संघको एक टोली मलेसिया भ्रमणमा आएको छ ।
शुक्रबार साँझ क्वालालम्पुर आइपुगेको टोली करिव एक साता मलेसियामा रहने बताइएको छ । अध्यक्ष पदमबहादुर बूढाको नेतृत्वमा आएको टोलीमा उपाध्यक्ष तथा गीतकार एकनारायण भण्डारी कोषाध्यक्ष हिराबहादुर के.सी, सदस्य रामजी प्रसाद पन्त र सदस्य तथा मोडेल बाबुराम बोहरा लगायत ५ जना रहेका छन् ।
अध्यक्ष बुढाले दिनुभएको जानकारी अनुसार टोलीले मलेसियामा रहेका नेपाली श्रमिकहरुसँग अन्तरक्रिया गर्नुका साथै यहाँ सीआरवीटी बिजनेसको अबस्थाबारे अध्ययन गर्ने छ ।
पछिल्लो समयमा मलेसियामा रहेका मुख्य टेलिफोन सेवा प्रदायक कम्पनीहरुले नेपालका चर्चित गीतसँगीतलाई सीआरवीटीका रुपमा उपलब्ध गराउँदै आएका छन् ।
मलेसियामा रहनुभएका नेपाली गीत संगीतका पारखीलाई नेपालमा चर्चित गीतसँगीत तुरुन्तै उपलब्ध गराउने प्रयासस्वरुप मलेसियाको बजारको अध्ययन भइरहेको कोषाध्यक्ष हिरा केसीले जानकारी दिनुभयो ।
हाल म्युजिक नेपाल प्लेटर्फम अर्न्तगत नेपालका चर्चित म्युजिक कम्पनीहरुले आफ्ना सीआरवीटी मलेसियामा उपलब्ध गराउँदै आएका छन् । नेपाली श्रमिकले गीत संगीत डाउनलोड गरेर खर्च गरेकोमध्ये केही रकम नेपाली संगीत र्सजकहरुसम्म पनि पुग्ने गरेको छ ।
टोली फागुनको पहिलो सातासम्म लेसीयामा रहने कार्यक्रम रहेको छ ।