वीरगञ्ज भन्सारबाट ११ जना बालकहरुलाई उद्दार

वीरगञ्ज  । वीरगञ्ज भन्सारस्थित राजस्व नियन्त्रण गस्ती टोलीले वीरगञ्ज भन्सारबाट ११ जना बालकहरुलाई उद्दार गरेको छ । उनीहरुलाई भारत लैजान लागेका तीन जना युवाहरुलाई समेत टोलीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा युवक लामा, देवकसन लामा, दुर्गा बहादुर लोकतान रहेका छन् । गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाइएको छ । 
बारा, पर्सा र रौतहटबाट भारतको कर्नाचक मोनासीस्थित लामा पढ्न जान लागेको बताउने बालकहरुलाई अभिभावकहरुको जिम्मा लगाउने र पक्राउ परेका तीन जनन युवहरुलाई आवश्यक छानविन गर्ने प्रहरीले जनाएको छ ।
RSS

अन्य समाचारहरु