कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय खेपिरहेका एक कैदीको धुलिखेलमा मृत्यु

मनोज बस्नेत

 

 काभ्रे – कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको सजाय खेपिरहेका एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार धुलिखेलमा रहेका पार्वतीपुर- ६ चितवनका कुम बहादुर कामी बिहीवार राती मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीले बताइन ।

‘छाती दुख्यो भनेपछि उपचारका लागि धुलिखेल अस्पताल लगेका थियौ’ उनले भनिन् ‘अस्पतालले पुर्‍याउँदा मृत घोषित गरिदियो ।’  कामीलाई कर्तव्य ज्यान मुद्दामा चिवतन जिल्ला अदालतले २०६६ साल माघ २७ गते सर्वस्व सहित जन्मकैदको सजाय तोकेको थियो । स्रोतका अनुसार मृतक कामीले मानसिक सन्तुलन गुमेको रोगको औषधि र मुटु रोगीले सेवन गर्ने औषधि सेवन गरिरहेका थिए । प्रहरीले हृदयघातबाट उनको मृत्यु भएको हुन सक्ने आंशका गरेको छ । यसैबिच प्रहरीले घटनाको बारेमा छानबिन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा छानविन टोली बनाएको छ ।

अन्य समाचारहरु