सिन्धुपाल्चोक । राजधानी काठमाडौं लगायत देशका कयौ भेगमा बिहीवार वर्षा परेको छ।
यसैगरी सिन्धुपाल्चोक र कास्कीमा चट्याङ् लागेर चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको सेलाङ गाविसको खस्रे भन्ने ठाउंमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ ।
मृतक मध्ये सेलाङ गाविसकी ३५ वर्षिया कुल कुमारी थापा र ७ वर्षिया रविना थापाको सनाखत भएको छ ।
अर्का एक जनाको सनाखत हुन बांकी छ । घटनामा ५ जना गम्भीर घाइते भएका छन् । उता, कास्कीको लाहाचोक वडा नम्बर ९ स्थित अर्मला भन्ने ठाउंमा चट्याङ लागेर भीम बहादुर तामाङको मृत्यु भएको छ । चट्याङ लागेर अन्य तीन जना बेहास भएको बताइएको छ ।
RSS