– उमाकान्त पाण्डे गाउंले
सम्युत्त अरब एमिरेट्स युएईमा रहेका बैंकहरुले आफ्नो नियम परिवर्तन गरेपछि नेपाली कामदार थप आर्थिक भारमा परेका छन् । बैंकको परिवर्तित नियमसँगै नेपाल भित्रिने गरेको मासिक साढे ११ करोडभन्दा बढी रकम दुवईमै खर्च भएको छ ।
युएईमा रहेका बैंकहरुले ग्राहकबाट अनिवार्य रुपमा मासिक सेवा शुल्क लिन थालेपछि नेपाली कामदारहरुबाट मात्रै साढे ११ करोडभन्दा बढी रकम नेपाल जानबाट रोकिएको हो । युएई सरकारले परिवर्तित पछिल्लो नीतिलाई मध्यनजर गर्दै यहाँ रहेका २५ भन्दा धेरै बैंकले अनिवार्य रुपमा मासिक २५ दिराम सेवा शुल्क अशुल्न थालेको हो ।
सो घटनापछि नेपाली कामदारले मात्र मासिक साढे ११ करोड रुपैयाँ भन्दा धेरै भुक्तान गर्नुपर्ने भएको यहाँ रहेका नेपालीहरुले जनाएका छन ।
यहाँको सरकारले बिदेशी कामदारलाई तलब भुक्तान गर्दा अनिवार्य रुपमा बैंकमार्फत नै तलब भुक्तान गर्नुपर्ने नियम लागू गरेलगत्तै यहाँका बैंकहरुले खातावाला विदेशी कामदारले अनिवार्य रुपमा मासिक २५ दिराम भुक्तान गर्नुपर्ने या एकाउन्टमा न्यूनतम ३ हजार रुपैया बचत हुनुपर्ने नियम लागू गरेपछि यसको मारमा नेपाली कामदार परेका छन् ।
हाल युएईमा करिब साँढे ३ लाख नेपाली कामदार छन् ।