युएईमा नयाँबर्षको अवसरमा बनभोज

– उमाकान्त पाण्डे गाउंले 
 
चैत २६ – दुबइ ,   गत शुक्रबार सम्युत्त अरव एमिरेट्स युएईको आबुधाबीमा भएको एक जमघटमा निकै नेपालीको उपस्थिती देखियो । उपस्थितीको सख्या हेर्दा नेपालमा गरिने ठुलै कार्यक्रमको झल्को मेटाउथ्यौ । 
2.jpg3.jpg1.jpg
“नेपाली मन नेपाली तन,’जहाँ हुन्छ-जती हुन्छ त्यही हाम्रो धन” भन्दै आँफैले घरमा बनाएका ल्याएका घुमेका सेलरोटी र नेपाली अचारले उपस्थित पाहुनालाई नेपालमै पुगेको महसुस गरायो । यस् जमघटको साइत भने नेपाली जनसम्पर्क समिति युएईले जुराएको थियो । नयाँसाल २०७० को आगमन सगै सबैमा मेलमिलाप र भाईचाराको सम्बन्ध बिकास र प्रगाढ होस् भन्दै जनसंपर्क समितिले बनभोज कार्यक्रम गरि नयाँबर्षलाई अग्रिमरुपमा खाडीमा स्वागत गर्नका लागि यती धेरै चाजो पाजो मिलाइएको थियो ।  
बनभोजको मुख्य आकर्षक भनेको भोज भतेर मात्र थिएन । कलाकारको जम्बो टोलीले नेपाली लोक भाका तथा पहिरनमा सजिएर मनोरन्जन प्रदान गरेका थिए । बनभोज कार्यक्रम नाचगान र खानपीनमा मात्र सिमित थिएन । युएईका लागि नेपाली दुतावास आबुधाबीका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीलाई बिशेष सम्मान तथा बिदाइ समेत गरिएको थियो । थापा दुतावासमा हाल:रहेका कर्मचारी मध्ये सबै भन्दा पुराना हुन । उनी आफ्नो ४ बर्षे कार्यकाल सम्पन्न गरेर बढुवा सहित सरुवा भएर पररास्ट्र मन्त्रालयमा जिम्मेवारि सम्हाल्न फर्किन लागेकाले उनलाई बिदाइ गरिएको हो । साथै उनले यहाँ रहदा विवाद रहित रुपमा यहाँ कार्यरत नेपाली सगको सम्बन्ध बिकास तथा सहयोगी पन सहित नेपालीको हितमा उल्लेख्य काम गरेको भन्दै उच्च मुल्याकंन गर्दै सम्मान गरेको हो । पररास्ट्रमन्त्रालयमा उपसचिव पदमा बढुवा भइ नेपाल फर्कन लागेका क्षेत्री सात बर्ष देखि पररास्ट्रमन्त्रालयमा सेवामा प्रवेश गरेका हुन । त्यस अघि उनी त्रिभुबन बिश्वबिधालयमा क्षिक्षण पेशामा आवद्ध रहेका थिए ।
         
यहाँ सार्वजनिक बिदाको दिन प्राय अत्यधिक नेपालीको फुर्सद हुने । त्यही फुर्सदमा भलाकुसारी गर्ने,सामाजिक सेवामा समर्पित हुने,आ-आफ्नो रुचीका काम गर्ने गर्छन् । नेपाल बाट फर्किएकाहरु आफुले ल्याएका पोको पतुरो (नासो) लाई साथी भाई भेटेर दु:ख सुख बाड्ने यहाँ कार्यरत नेपालीको साप्ताहिक कृयाकलाप नै हुँन ।  
यधपी सगंठित हुँदै जाने नेपालीको सख्या पनि बडेको छ । सगठित सस्थाको सख्या पनि ७० नाघी सकेको छ ।  यसैक्रममा हालै मात्र यहाँ रहेका स्थानिय कलाकार पनि सगंठित भएका छन ।  प्रतिभामन्च युएईको नाममा सगंठित कलाकारहरुले पनि बनभोजमा उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए । 
अबुधाबिको हेरिटेज पार्कमा भएको बनभोज कार्यक्रम जनसम्पर्क समितिका शकंर प्रसाद न्यौपानेले सम्योजकत्व गरेका थिए । बिदाइ भएर नेपाल फर्क्दै गरेक दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यत्ता तथा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सभापती चित्र केसीको बिशेष आतिथ्यता तथा केन्द्रिय सहमहामन्त्री चन्द्र सारु मगरओ सन्चालनमा कार्यक्रम सम्पन भएको थियो ।  
बनभोजमा दुबइ,सारजाह, अजमान अलएैन लगायत अन्य बिभिन्न एमिरेट्स बाट सर्वसाधारणा नेपालीको समेत उल्लेख्य उपस्थिती थियो । 
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चित्र केसीले नेपालमा एकल पहिचान सहितको सघिंयता हुन नहुने भन्दै जातिय सघिंयताको आफुहरु बिरोधी भएको बताए ।  त्यस्तै रोल्पाका तरुण दल पुर्व अध्यक्ष राम कृष्ण मगरले समेत सघींयताको मुद्दामा जातियता मिसाएर जनजाती माथिनै माओवादीले घात गरेको बताए । 
कार्यक्रममा केन्द्रिय सल्लाहकार सुरेशचन्द्र उपाध्याय ,अबुधाबी क्षेत्रिय अध्यक्ष कृष्ण गौतम, दुबइ क्षेत्रिय सचिब गोपाल कंडेल,सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डे,केन्द्रिय उपसभापति खेमराज बस्नेत लगायत अन्य केन्द्रिय सदस्य तथा क्षेत्रिय सदस्यको उल्लखेनिय सहभागीता रहेको थियो । 
नेपाली जनसम्पर्क समितिको यो दोस्रो बनभोज कार्यक्रम थियो । गत बर्ष अलएैनमा सम्पन्न बनभोजमा युएईको एतिहासमै सबै भन्दा बढी नेपालीको उपस्थितीमा सम्पन्न भएको थियो । समितिले आफ्नो आन्तरिक गतिबिधी तथा युएईमा रहेका नेपालीलाई पर्ने समस्यामा हातेमालो गर्दै सहयोग गर्न यस्तै खाले भेटघाट तथा बनभोज लगायतका कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष चित्र केसीले जानकारी दिए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।