युएईबाट एचआइभी संक्रमित बालबालिका लाई आर्थिक सहयोग

– उमाकान्त पाण्डे गाउंले 
चैत ३१, दुबइ – रोजगारका लागि सम्युत्त अरब एमिरेट्स युएई आएका नेपालीले बिदेशमा द्येउसी भैलो र साँस्कृतिक कार्यक्रम गरी सकलन गरेको रकम एचआइभी संक्रमित बालबालिकालाई सहयोग गरेका छन । युएईमा सगंठित नेपालीहरुले सहयोग गरेका हुन । 
नेपाली समाज क्षेत्रीय समिति आबुधाबी यूएइले किर्तिपुर स्थित बेबीलाइफ होममा रहेका बालबालिकालाई गत शुक्रबार एक लाख एक हजार एक रुपैया सहयोग गरेको हो । उक्त रकम समितिका सदस्य नारायणप्रसाद चापागाइले १० जना बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।
Your image is loading...
“बेबीलाइफ होम” समाजसेवि द्धय राजु पुन तथा उमा गुरुङ्ग द्धारा किर्तिपुरको भत्केपाटीमा व्यक्तिगत प्रयासबाट संचालन गर्नुभएको हो । बेबिलाइफ होमले संचालक गरेको एचआईभि शिक्षा सदन बिद्यालयमा सुदुरपश्चिम जिल्लाहरुबाट एचआइभि लागेर बिचल्लिमा परेका तथा बाबुआमा समेत गुमाएका टुहुरा बालबालिकाहरुलाई आवास सहित पठन पाठनको व्यवस्था गरिएको छ । आवासीय सहितको व्यवस्था रहेको विद्यालय नेपालमा एचआइभी   संक्रमित बालबालिका पढाउने एक मात्र विद्यालय हो ।
 
बेबीलाइफ होमले सञ्चालन गरेको एचआइभी सफलता शिक्षा सदन विद्यालयमा ३ देखि ११ वर्षका बालबालिका अध्ययनरत छन् ।  बालबालिकाको पालनपोषण, शिक्षा र उनीहरुको रेखदेख गर्नेका लागि तलब भत्ता सहित मासिक ५० हजार रुपैया भन्दा बढी खर्च हुने गरेको सञ्चालक राजु पुनले बताए । 
होम संचालनको लागि मासिक रु १५ हजारमा एउटा दुईतले घर भाडामा लिइएको छ जसको माथिल्लो कोठामा कक्षा संचालन तथा भुईतल्लामा भान्सा तथा बस्ने व्यवस्था मिलाइएको छ ।
संस्था सञ्चालन गर्दा उनीहरुले किर्तिपुरको भत्केको पार्टीमा आफनै घरमा बालबालिका राख्ने गरेपनि उनीहरुको पालनपोषणमा आर्थिक अभाव भएपछि ३० लाख रुर्पैयामा घर समेत बिक्रि गरिसकेका छन । कस्मेटिक व्यापारी उमा गुरुङ र पुनले संक्रमित बालबालिकालाई अध्ययनका लागि विद्यालय सञ्चालन गरेका हुन । मासिक १५ हजार रुपैया भाडा तिर्नुपर्ने गरी दुई तल्ले घर भाडामा लिएका छन् । भुँईतल्लामा बस्ने व्यवस्था गरेको छ भने माथिल्लो तल्लामा कक्षा सञ्चालन गरेका छन् । ‘सुरुमा आफनै खर्चमा सञ्चालन गरेपनि आजभोली दाताको सहयोग बढदै गएको छ,’राजुले भने,’दाताको सहयोगले बालबालिको उपचार र पालपोषणमा समस्या परेको छैन ।’
नेपाली समाज क्षेत्रिय समिति आबुधाबी क्षेत्रिय समितिका अध्यक्ष सुर्य गिरिको अध्यक्षयतामा यस् अघि बसेको बैठकले उक्त आर्थिक सहयोग दिने निर्णय गरेको थियो । उक्त अवसरमा क्षेत्रिय समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष द्धय दिपक खड्का तथा रबिलाल खनाल, सचिव रघु बराल, सह सचिव राजु भुजेल, कोषाध्यक्ष दान बहादुर जिसि तथा सदस्यहरु चेतन बहादुर थापा, नारायण प्रसाद चापागाईको उपस्थिति रहेको थियो । 
दुई महिना अघि इजराइलमा बस्दै आएका नेपालीले पुस्तक बिक्रि गरी बालबालिकालाई ५० हजार रुपैया सहयोग गरेका थिए । त्यस्तै पुरातत्वविद कोषप्रसाद आचार्यले एक लाख रुपैयाँ सहयोग गरेका थिए । सहयोग रकमले बालबालिकालाई खुवाउने, मासिक भाडा तिर्ने र स्तरीय शिक्षामा खर्च गर्ने गरेको गुरुङले बताइन् । 
समाजले गरेको यस् सहयोगलाई युएईमा कार्यरत नेपालीले पनि सकारात्मक भन्दै प्रशशां गरेका छन । यहाँ रहेका सामाजिक संघसस्थाले समय समयमा गर्ने सास्कृतिक कार्यक्रम मार्फत सकंलन गरेको रकम सामाजिक कार्यमा भन्दा विलासिताका कार्य भोज भतेरमा खर्चिने गर्ने गरेको आरोप यहाँ कार्यरत नेपालीको थियो । यधपी नेपाली समाज युएईको यस् कार्यले यहाँ रहेका नेपालीहरुले “कार्यक्रमहरुमा समेत उपस्थिती भएर टिकट काटेर गरेको सहयोग खास सम्बन्धित ठाउँमा पुगेकोमा अन्य नेपाली खुशी भएका हुन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।