युएइमा फ्रेण्डशीप फुटबल प्रतियोगिता सम्पन

त्रिलोचन कोइराला / युएइमा नेपाली खेलकुदको गतिबिधि बढिने  क्रमसंगै दुबईको सफा पार्कमा अप्रील १९ तारिक युएई ब्यापी अन्तर सस्था फुटबल प्रतियोगिता फेण्डशीप कप   सम्पन्न भएको छ ।
ओल्ड मङस फुटबल क्लबले आयोजना गरेको एक दिवसीय फुटबल प्रतियोगितामा बिभिन्न १६ खेलकुद टिम बिच भएको  कडा प्रतिस्पर्धा बाट वन थाउजेन सोनापुर समुहले प्रथम उपाधि उचालेको थियो ।बुद्ध युथ क्लब दुबाईले दोस्रो स्थानको उपाधि उचालन सफल भएको थियो ।
१५/१५ मिनेटको खेलाइएको प्रतियोगितामा अधिकांश टिममा नेपालका विभिन्न ए डिविजन क्लब बाट खेली सकेका खेलाडीको बहुलियता रहेको आयोजक क्लबका उपाध्यक्ष अनिल शेर्पाले जानकारी गराएका छन ।
प्रतियोगितामा प्रथम तथा दोस्रो उपाधि जित्न सफल तिमलाई शिल,टफी,प्रमाण पत्र,तथा नगद पुरस्कार दिइएको थियो ।   आयोजकले बेस्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी सुर्य सिङ् दकुरी र प्रतियोगिता भरी बडी गोल लगाउने खेलाडी उत्सब लाई पनि शिल,टफी,प्रमाण पत्रले पुरुस्कृति गरेको थियो ।