– भैरहवापथ,सिद्धार्थ नगर ,हालैमात्र चीनमा गएको भूकम्प बाट क्षती प्रति नेपाल चिन मैत्री समाज लुम्बिनी द्वारा दु:ख ब्यत्त गरेको छ । मित्रराष्ट्र चीनको सछ्वान प्रान्तीय नागरिक मामिला विभागबाट प्राप्त समाचारअनुसार गत आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प बाट १ सय ८४ जनाको निधन भएको थियो । घटनामा २४ जना बेपत्ता भएका छन भने लाखौंको क्षती भएको छ । सछ्वान प्रान्तको लुशान जिल्लामा साझ ५ बजे गएको भूकम्पले यती धेरैको क्षती भएको हो ।
भूकम्प बाट भएको क्षतीप्रति दु:ख ब्यत्त गर्दै नेपाल चिन मैत्री समाज लुम्बिनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै घटना प्रति दु:ख ब्यत्त गरेको हो ।
यस विपत्तिको घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ बिज्ञप्तीमा भनिएको छ । चिन सरकारले यो कठिन अवस्थामा गरिरहेकोउद्धार तथा मानवीय कार्यको उच्च प्रसंशा गर्दै शोक संतप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ जारी बिज्ञप्तीमा उल्लेख छ ।