– कपिल ज्ञवाली
बुटवल १२ कालिकानगरमा भएको सवारी दुर्घटनामा परि १ जना घाइते भएका छन् । बुटवलबाट मणिग्राम जांदै गरेको लु ८ प ३५२१ नम्बरको मोटरर्साईकललाई लु १ ख २०७८ नम्बरको ट्रकले ठक्कर दिंदा आनन्दबन गाबिस मणिग्रामका २० बषिर्य चिरञ्जिबी पोखरेल घाइते भएका छन् ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार शुरु भएको प्रहरीले जनाएको छ ।