– उमाकान्त पाण्डे गाउंले
बैशाख १४ – दुबइ , रुन्चे गायकको रुपमा चिनिएका कलाकार प्रकाश पौडेल युएईमा सम्मानित भएका छन । “नाइ आमा मलाई त्यही केटी चाहिन्छ” , गीतलाई रुन्चे स्वरमा गाए पछि पौडेललाई रुन्चे गायकको उपाधी दिईएको थियो ।
रुन्चे गायकको उपाधी पाएका पौडेलले पछिल्लो समय प्रवासमा बसेर नेपाली गीत सगिंतमा योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो । गायक पौडेल अहिले सम्युत्त अरब एमिरेट्स युएईमा बैकिंक क्षेत्रमा कार्यरत छन । उनी नेपालकै बैकिङ प्रतिनिधिको रुपमा युएईमा कार्यरत छन ।
३ बर्ष अघि दुबइ आएका उनी यहाँ नै अध्ययन गरेर आफ्नो पेशालाई अगाडि बडाएका थिए । रोजगारी सगैं पछिल्लो समय उनी म्युजिक भिडियो तथा सांगितिक एल्बम बजारमा ल्याउन ब्यस्त छन ।
“तिते पाती तिते पाती झ्याप झ्याप झ्याप” बोलको गीत बाट युवा पुस्ताको मन मस्तिस्कमा बसेका पौडेलले अहिले खाडी मुलुकमै बसेर “वलेकुम सलाम” नामक अर्को गीत सार्वजनिक गरेका छन । ‘सिक्स मन्थ’ नामक गिती एल्बममा उनले सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।
प्रवासमा बसेर गायक पौडेलले नेपाली सांगितिक क्षेत्रमा दिएको योगदानको कदर स्वरुप पथरि युवा समाज युएईले सम्मान गरेको हो । गत शुक्रबार समाजले आयोजना गरेको एक कार्यक्रमका बिच पौडेललाई सम्मान गरिएको हो । दोशल्ला ओढाइ सम्मान पत्र र मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा युएईमा रहेका संघसस्था बिच अन्तर सस्था नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा ११ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा कलाकारहरुले एकल र युगल नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा एकल नृत्य तर्फ मगर संघ युएईकी शिला राना मगर प्रथम भईन । उनले ‘कल्ले लाने हो मलाई डोलीमा सजाई’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर प्रथम भएकी हुन । पाथिभरा माउन्ट एभरेष्ट युबा क्लबका अमित योङ्हाङ दोस्रो भए । ‘मायाले बाँध्यो लौ रेशम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर दोस्रो स्थान प्राप्त गरेका हुन ।
त्यस्तै युगल नृत्य तर्फ तमु समाज युएईका दिपक गुरुङ(दिपा) र नमुना गुरुङको जोडी प्रथम भए । ‘ए भिनाजु यो साल’ बोलको गीतमा उनीहरुले नृत्य प्रस्तुत गरेका थिए । मगर संघ युएईका कलाकार सपना राना र भुवन थापामगरको जोडीले ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ बोलको गीतमा प्रस्तुत गरेको नृत्यले दोस्रो स्थान प्राप्त गर्यौ ।
प्रथम र दोस्रो स्थान हासिलगर्ने कलाकारलाई कप ,मेडल र प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा निर्णायक भूमिका नृत्य निर्देशक रमण दाहाल,मोहन संग्रौला र रुन्चे गायक प्रकाश पौडेलले निर्बाह गरेका थिए । कार्यक्रमको बीचबीचमा अप्रत्योगी नृत्य तथा सागितिक एवम साहित्यिक प्रस्तुती समेत गरिएको थियो ।
प्रतियोगितामा तक्मे बुडाको क्यरिकेचर गरेर हरि खनाल र रमेश खडकाले उपस्थित दर्शकलाई पेट मिचीमिची हसाएका थिए ।
कार्यक्रममा उपस्थित सबैले भरपूर्ण मनोरन्जन लिएका थिए । बर दुबइमा रहेको एभरेस्ट होटलको सभाहल दर्शकको उपस्थितीले खचाखच भरिएको थियो ।
समाजका अध्यक्ष कृष्ण पौडेलको शभापतित्व तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती तथा पत्रकार त्रिलोचन कोइराला र मोहन गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रवासी अन्लाईन डट्कम् ले प्रत्यक्ष भिडियो प्रशारण गरेको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।