सकियो फिचर लेखन तालिम

– कृष्ण खनाल

 

धुब्रघाट(पाल्पा), बैशाख २२ । पाल्पा पर्यटन विकाश केन्द्रको आयोजना बैशाख १८ गतेबट सुरु भएको खोज पत्रकारिता फिचर लेखन  तालिम सम्पन्न भएको छ । रुपन्देही र पाल्पाका करिव २ दर्जज क्रियाशिल युवा पत्रकारहरुको सहभागीता रहेको तालिमको आईतबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।


 पाच दिन सम्म चलेको तालिको खोज पत्रकाारिता केन्द्रका अध्यक्ष तथा बरिष्ठ पत्रकार मोहन मैननाली तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष झमेन्द्र झा ले  सहजिकरण गरेका थिए । तालिममा पत्रकार शेरबहादुर केसी, मधव अर्याल, पत्रकार सेनानी मेघराज शर्मा, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज वराल, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत नीरन भट्राई, एम्घा गाविसका सचिव धुव्र अधिकारी लगायत स्थानिय निकायका र सञ्चार माध्यामको भुमिकाको वारेमा सहजिकरण गरेका थिए ।

 तालिम समापन कार्यक्रममा संस्थाका सचिव किरण कौशलको सञ्चालन तथा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी र प्रशिक्षाथी पत्रकार राम विकास चौधरीले मन्तव्य राखेका थिए ।

अन्य समाचारहरु