– उमाकान्त पाण्डे गाउँले
दुबइ , जेष्ठ ५ – रोजगारीको सिलसिलामा संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा कार्यरत नेपालीलाई नेपालीले नै छुरा हानी हत्या गरेका छन । एउटै कम्पनीमा कार्यरत नेपाली बीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिंदा मोरङ बेलबारीका सुरज राइको ज्यान गएको हो ।
एक नेपालीले चलाएको छुरी लागेर अर्को नेपालीको मृत्यु भएको हो ।
यूएईको दुबइ जबललाली फ्री जोनमा रहेको एजीलिटी कम्पनीमा कार्यरत मोरङ बेलबारीका २५ बर्षिय सुरज राइको ज्यान गएको हो । बिहीवार साझ देखी शुक्रबार दिउंस सम्म एउटै कोठामा बसेर तास ‘जुगा’ खेलेका नेपाली बीच झगडा भएको थियो । शुक्रबारे सार्वजनिक बिदा मनाउने बहनामा मदिरा सेवन गर्दै तास खेलेका र त्यसै खेलमा भएको हार जीतको बिषयमा भएको सामान्य झगडाले उग्र रुप लिए पछि घटनाले एक जनाको ज्यान लिएको हो ।
विगत २ बर्षदेखि दुबइको जबीललालीमा रहेको एजिलिटी कम्पनीमा कार्यरत राइको सोही कम्पनीमै कार्यरत पाल्पाका चुरा बहादुर मगरले छुरा प्रहार गरी हत्या गरेको सोही कम्पनीमा कार्यरत नाम नखुलाउने सर्तमा उमेश लामा( नाम परिवर्तन गरिएको)ले जानकारी दिए ।
थापाले राइको घाटीमा लगातार तीन चार पटक गरी छुरी प्रहार(रेटेको)र अत्यधिक रगत बगेकोले राइको घटनास्थलमै ज्यान गएको हो । एउटै कोठामा बस्ने अन्य नेपाली (नाम नखुलाउने सर्तमा) दिएको जानकारी अनुसार तास खेल्दा झ्याल्ली (जालसाझी) गरेर जितेको आरोप लगाउदै थापा राइ प्रती आक्रामक रुपमा प्रस्तुत भएका थिए । ‘पछि झुक्काएर छुरा प्रहार गरे’ प्रत्यक्ष दर्सीले नाम नखुलाउने सर्तमा भने ।
मृतक राइ र उनको हत्यामा संलग्न आरोपित थापा कम्पनीले भाडामा लिएर राखेको दुबइ अल्कुजस्थित ‘डुलुस्को’ मजदुर क्याम्पमा बस्ने गर्थे ।
यूएईको इतिहासमा यस् प्रकृतिको घटना ५ महिनामा पुनह: दोहोरिएको छ । गत माघ महिनामा आबुधाबीमा समेत यस्तै प्रकृतिको घटना घटेको थियो । नेपाली बीचको झगडाले उग्र रुप लिदा नेपालीलेनै चलाएको हतियार प्रहार बाट ज्यान गएको यस् घटनाले यहाँ कार्यरत नेपालीलाई चिन्तित बनाएको छ । यूएईको कानुनले ज्यानजाने सम्मको घटनामा संलग्नलाई मृत्युदन्डको सजाय दिने गर्छ । मृत्युदण्डको सजाय सुनाइएको मुद्दालाई पुनरावेदन गर्न पाउने अवसर पाइयो र उच्च स्तरीय पहल भए मात्र “ब्लड मनि”को बिषयले प्रवेश पाउने छ । यस् बिषयमा मृतक र हत्यामा संलग्नको पारिवार सहमती भए मात्र आरोपितलाई सजाय मिनाहा हुन सक्ने कानुनी व्यवस्था छ ।
यूएईमा मदिरा प्रयोगमा रोक लगाइएको छ । घटनामा संलग्नले मदिरा सेवन गरेकोले समस्या झन जटिल बन्न सक्ने छ ।
यूएईका बिभिन्न स्थानमा रहेका मजदुर क्याम्प तथा नेपालीहरु बसोबास गर्ने स्थानहरुमा मदिरा सेवन गरि लडाईं झगडा गर्ने र त्यसैले ठुलो रुपलिदा ज्यान समेत जाने गरेका घटना बढी रहेका प्रति यहाँ रहेका संघसस्था बीच बहस र छलफलको बिषय बन्नु पर्ने यहाँ कार्यरत नेपालीहरुको भनाइ रहेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।