ओखलढुंगामा बस दुर्घटना हुंदा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको शिद्धिचरण राजमार्ग अन्तर्गत केत्तुके ३ बालुवाखानीमा बस दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ओखलढुंगाबाट कटारीका लागि हिंडेको बा २ ख ४९१७ नम्बरको बस बालुवाखानीमा घुम्तीमा मोड नपुगेको र तीब्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


दुर्घटनामा मृत्यु हुनेमा झापा ८ चन्द्रगढीका दिनराज घिमिरेको रहेका छन् भने ओखलढुंगा ३ का धनबहादुर खत्रीको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरुको ओखलढुंगाको सोब्रु अस्पतालमा उपचार भइरहेको छ ।


रासस

अन्य समाचारहरु