साकेला नाच्ने क्रममा युवाहरुबीच झडप हुँदा उत्तरी खोटाङमा एक जनाको मृत्यु

खोटाङ, जेष्ठ २१ । उत्तरी खोटाङको खार्मी गाविस वडा नम्बर ९ तुर्खामा साकेला नाच्ने क्रममा युवाहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा खार्मी ७ का ४० वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् । पाथेका र जालपाका युवाहरुबीच भएको झडपमा छुरा प्रहारबाट श्रेष्ठको मृत्यु भएको हो । 
साकेला पर्वको अवसरमा खार्मीको तुर्खास्थित भुमेथानमा गएराति नाच चलिरहेको बेला दुई समूहबीच झडप भएको थियो । 
पुरानो रिसइबीका कारण श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा केही युवाहरु घाइते भएका छन् । छुरा प्रहारमा संलग्नहरु भने फरार रहेको प्रहरीले बताएको छ ।
रासस 

अन्य समाचारहरु