मदरल्याण्डमा सुलभका बिद्यार्थीलाई स्वागत

कृष्ण खनाल

 

बुटवल । नेपाल जुनियर रेडक्रस सर्कल मदरल्याण्ड ईङ्गिलस स्कुल मोतीपुरले सोमबार सुलभ ईन्टरनेसलन नया दिल्लीका बिद्यार्थीहरुलाई स्वागत गरेको छ ।


नयां दिल्ली स्थित ६ वटा बिद्यालयका सरसफलाई कल्वका १५ जना बिद्यार्थीको टोलीलाई एक कार्यक्रमका बिच बिद्यालयमा स्वागत गरेको हो । भ्रमणमा आएका बिद्यार्थीहरु सो बिद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले गर्दै आएको बिद्यालय सरसफाई कार्यक्रम, रेडक्रस क्रियाकलाप, बिज्ञान प्रदर्शनी तथा अध्ययन अन्तरक्रिया र बृक्षा रोपण कार्यक्रममा सहभागि भएका थिए । सो अवसरमा दुवै पक्षका बिद्यार्थीहरुले आफ्नो देशको राष्ट्रिय गान तथा सांस्कृतिक लोकनृत्य पनि प्रस्तुत गरेका थिए ।


नेपाल रेडक्रस सर्कलको छातामुनि गठित जुनियर रेडक्रसको अन्तराष्ट्रिय मित्रता अभिबृद्धिको उद्देश्य अनुरुप भारतका ति बिद्यार्थी नेपालका रुपन्देही सहित मकवानपुर, तनहुँ, र काठमाण्डौ जिल्ला भ्रमणमा आएका थिए । सुलभ ईन्टरनेसनलका बिद्यालय सरसफाई कार्यक्रम कोर्डिनटर रुपक राज चौधरीको नेतृत्वमा आएको टेलीलाई रुपन्देही रेडक्रसका उपसभापति प्रेमलाल उदास, बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष हरिहर श्रेष्ठ, प्रचार्य मणिरत्न भण्डारी, सहप्राचार्य बासुदेव घिमिरे, शिक्षक नायव मायाँ पाण्डे, सहनायव रिना श्रेष्ठ, जुनियर रेडक्रसकी अध्यक्ष रुबिना श्रेष्ठले स्वागत सहित मन्तव्य राखेका थिए ।

अन्य समाचारहरु