नेपाल दृष्टिविहिन उत्थान संघ केन्द्रीय कार्यालय बुटवलको आयोजनामा दृष्टिविहिन भएका विभिन्न व्याक्तिहरुको लागि दिईएको एक महिने आधारभुत कम्प्युटर तालिम सकिएको छ ।
गत जेठ २ गतेबाट सुरु भएको तालिम शुक्रवार एक कायक्रमको आयोजना गरी समापन गरिएको हो । जिल्ला विकास समिति रुपन्देही र महिला विकास कार्यालय रुपन्देहीको अपाङ्गता पुनस्थापना कार्यक्रमा-सीविआर)को आर्थिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।
तालिम समापन कार्यक्रममा नेपाल दृष्टिविहिन उत्थान संघ केन्द्रीय कार्यालय बुटवलका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता तथा बुटवल बहुमुखी क्याम्पसका उप प्रध्यापक तारानाथ भट्र्राईको प्रमुख आतिथ्यातामा सम्पन्न भएको थियो ।
नेपाल दृष्टिविहिन उत्थान संघ बुटवलका कोषाध्यक्ष शंकर रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा संघकी संस्थापक सदस्य रेग्मीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक निर्मल पौडेल, बुटवल नगरपालिकका कम्प्युटर अपरेटर तथा अक्फोड कम्प्युटर एकेडमीका सञ्चकल रेश्मीराज घिमिरे, सहभागी जीवन पोखरेल, पत्रकार कल्पना तिवारी लगायतले मन्तव्य राखेका थिए । १० जना दृष्टिविहिन भएका व्याक्तिहरुको तालिम प्रदान गरिएको हो ।
a