अमेरिकामा असामहिक निधन भएका नेपालीको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह

– नातिबाबु  भट्ट
 
कोलोराडो, अमेरिका – शनिवार एक कार्यक्रमका बिच हालै असामहिक निधन भएका कोलोराडो निवासी अनुरक्त श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरिएको छ ।


नेपालीहरुको साझा संस्था रकि माउण्टेन फ्रेण्ड्स अफ नेपाल र नेपाली घर द्धारा संयूक्त रुपमा आयोजित एक कार्यक्रममा शोकाकुल परिबारलाई यथा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिएको हो ।

 

कोलोराडो स्थित फोट्कलनमा बस्दै आएका अनुरक्त श्रेष्ठको यहि जुन ८ तारिका दिन असामहिक निधन भएको थियो ।   रकि माउण्टेन फ्रेण्ड्स अफ नेपालको कोषबाट १ हजार डलर राखि सुरुगरिएको सहयोग कोषमा हाल सम्म आठ हजार ६ सय डलर संकलन भएको रकि माउण्टेन फ्रेण्ड्स अफ नेपाल अध्यक्ष शरद आचार्यले बताएका छन् ।


  त्यसैगरी सोही कार्यक्रममा नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले थोपा थोपा संकलन गरेर घैला भर्न सकिने हुनाले हाम्रो सानो सहयोगले पिडीत परिबारलाई राहात पुग्ने भएकोले दिल खोलेर सहयोग गर्न सबैलाई अनुरोध गरे । कार्यक्रममा तमुधिका अध्यक्ष रमेश गुरुङ्गले नेपाली समुदायको एक परिबारलाई आई परेको यस्तो बिपदको स्थितीमा सबैले आङ्खनो क्षेत्रबाट जे जस्तो सहयोग गर्न सकिन्छ त्यो सहयोग गर्नुपर्ने बताए ।


सिनीयर सङ्खटवोयर ईन्जिनियर अनुरक्त लामो समय देखि बेरोजगार थिए ।  साहित्यकार शैलेन्द्र साकारका सुपुत्र अनुरक्तका दुई छोरी एक श्रीमती अमेरीकामा रहेका छन् भने, बाबु आमा नेपालमा रहेका छन् । उनको अन्त्यष्टि गरिएको स्थानमा थ्रोन्टनमा जुन १० का दिन भेला भएका शुभ चिन्तकहरुबाट २६ सय डलर सहयोग संकलन भएको र अन्य रकम देश बिदेशमा रहेका दाताहरुबाट अनलाईन मार्फत प्राप्त भएको रकि माउण्टेन फ्रेण्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले जनाएका छन् ।  त्यसैगरी उनले यदी कोही दाताले सहयोग गर्न चाहेमा www.rmfn.org वोबसाईड मार्फत अनुरक्त च्यारेटीमा गई सहयोग गर्न सकिने पनि जानाकारी गराए ।