पाल्पा बुटवल सडक खण्ड वर्षाका कारण अवरुद्ध

टेकनारायण भट्टराई

 

पाल्पा – सिद्धार्थ राजामार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड वर्षातका कारण पहिरो खसेर ठाउँ ठाउँमा अवरुद्ध भएको छ। गए रातिदेखि सडक अवरुद्ध भएको हो।

 

भारी वर्षाका कारण पाल्पाका ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। पाल्पा बुटवल सडक खण्डको २४ माइल, वर्तुङ र कालीमाटीमा पहिरो खसेको छ। लगातारको पानीकै कारण हिजो पाल्पाको देउरालीमा दुई बच्चाको वर्षाले जमेको पानीमा डुबेर मृत्यु भएको छ।

 

यहाँको अन्न भण्डार भनेर चिनिने माडीफाँट डुवानमा परेको छ। पाल्पाकै डुम्रेमा बनेको डेढ करोड लागतको निर्माणाधिन पुल खोलाले बगाएको छ।

अन्य समाचारहरु