उच्च माध्यमिक तहमा आचारसंहिता लागू

युबराज कंडेल
उच्च माध्यमिक तहका लागी नेपाल सरकारबाट निर्णय भै लागु भएको आचारसंहिता पालना गर्ने सरोकारवालाहरुले प्रतिवद्धता प्रकट गरेका छन।   उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालय र शिक्षा पत्रकार समुह लुम्बिनी द्वारा आज बुटवलमा आयोजित कार्यक्रममा बिद्यालय संचालक, व्यवस्थापक, शिक्षक र अन्य सरोकारवालाहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन। 
उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालयका प्रमुख सुवास पन्तले उच्च माध्यमिक तहमा धेरै बिकृतिहरु देखिएकोले यो तहलाई व्यवस्थित, मर्यादित र उपलब्धिमुलक बनाउन बनाउनको लागी नेपाल सरकारले आचारसंहिता लागू गरेको बताउनुभयो। उहाले यो आचारसंहिताले उच्च माध्यमिक तहको शिक्षालाई व्यवस्थित र गुणस्तरिय बनाउने भएकोले यसलाई सम्बन्धित सबै पक्षले अक्षरशः पालना गर्नुपर्ने र कुनै पक्षले पालना नगरेमा उसलाई कारवाही गर्न परिषद पछि नपर्ने जानकारी दिनुभयो। 
यहि वर्षदेखि लागू हुने ६३ बुंदे आचारसंहितामा विद्यार्थीले तोकिएको नाप अनुसारको युनिफर्म लगाउनुपर्ने, विद्यार्थीले मोटर साइकल र मोबाईल प्रयोग गर्न तथा बिद्यालय बंन्द गरेर हिड्न र बिद्यालयको पोशाकमा सिनेमा हल, पार्क,होटल र सपिंग मल जान नपाइने कुरा उल्लेख छ। 
त्यसैगरी उच्च माविहरुले भड्किलो र महँगो बिज्ञापन गर्न तथा तोकिएको भन्दा बढी बिद्यार्थी भर्ना गर्न नपाइने , शिक्षकहरुलाई नियुक्ति दिएर मात्र पढाउन लगाउनु पर्ने कुरा पनि आचारसंहिताम उल्लेख गरिएको छ। 
आचार संहिता पालना नगर्ने बिद्यार्थीलाई जरिवाना गर्ने, निलम्बन गर्ने र निस्काशन गर्ने साथै बिद्यालयलाई जरिवाना गर्ने देखी सम्बन्धन खारेज गर्ने सम्मका कारवाही गर्ने आचारसंहिताले व्यवस्था गरेको छ। 
बिनोद परियारले संचालन गर्नु भएको कार्यक्रममा शिक्षा पत्रकार समुहका सचिव कृष्ण मल्ल, उच्च मावि संघ रुपन्देहीका अध्यक्ष मित्रलाल न्यौपाने, हिस्तान लुम्बिनीका अध्यक्ष सुदर्सन रेग्मी, हिसान रुपन्देहीका अध्यक्ष टुकबहादुर क्षेत्री र उच्च माध्यमिक शिक्षा परिषद्का बोर्ड सदस्य घनश्याम पाठक लगायतले बोल्नु भएको थियो। 

अन्य समाचारहरु