यादवको खेतमा रहेको मिटरको एमसिभि रामले अफ गरिदिएपछि दुवैबीच भनाभन भएर मारपिट चलेको थियो। मारपिटकै क्रममा रामको टाउको ढुंगा लागेको थियो। जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। त्यहाँ पनि उपचार नभएपछि रामलाई हिजो थप उपचारका लागि काठमाडौं लगिएको थियो। प्रहरीका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो।
रामको मृत्युपछि यादव र उनका पक्षधरलाई पक्राउ गर्न जिल्लाको प्रहरी टोली गाउँ पुगेपछि गाउँलेबीच भागाभाग भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर ज्ञानकुमार महतोले भने,



