– भुवन केसी
कतार, जुलाई ५ । कतार मातृभूमिका लागि यूवा अभियान, कतारको दोस्रो मासिक बैठक सम्पन्न भएको छ । संसारभर छरिएर रहेका नेपालीहरुको हितको लागी स्थापित सामाजिक संस्था मातृभूमिका लागि यूवा अभियान, कतारको गत ३१ मे मा भव्य साधारण सभाका विच उद्दघाटन भएको थियो । अध्यक्ष के.वि.हमालको अध्यक्षता र प्रथम उपाध्यक्षको स्वागत मन्तव्यबाट शुरु भएको उक्त बैठकमा उपस्थित सो सस्थाका पदाधिकारीहरु क्रमशः द्धितीय उपाध्यक्ष सविना दाहाल, कोषाध्यक्ष विक्रम कार्की, सल्लाहकार दिपक खड्का, तथा सदस्य शुसिल पौडेल लगायतले सस्थाको बारेमा बोल्नुभएको थियो ।
स्वागत मन्तव्यको क्रममा बोल्दै प्रथम उपाध्यक्षले यो अभियान सामाजिक अभियान हो र यसमा रहेको मातृभूमि भन्ने शव्दले नै सवै जिज्ञासाको जवाफ दिन्छ भन्नुहुदै समृद्द समाज र समृद्ध राष्ट्रको उद्देश्यका लागि संसार भर छरिएर रहेका युवा तथा समग्र नेपालीहरुमा भएको सिप कला र क्षमतालाई पहिचान गरि समाजको हितको लागि प्रयोग गर्ने र त्यो समाजमा भएका कुसमाजिक तत्वहरुलाई उचित मार्गदर्शन गर्नको बर्तमान समय सापेक्ष यो अभियानको शुरुवात भएको कुरा बताउनुभयो । विश्वभरि छरिएर रहेका नेपालीहरुको मेन्डटमा आधारित भएर स्थापना भएको यो सस्थाले तीव्ररुपमा विश्वव्यापीरुपमा आफनो संगठन विस्तार गरिरहेको र सस्था स्थापना भएको छोटो समयमा नै मातृभूमिमा आइपरेको प्राकृतिक प्रकोपको सहयोगार्थ यो अभियानले पनि सहयोग गर्न लागेको कुरा कोषाध्यक्ष विक्रम कार्कीले बताउनुभयो ।
पूर्व निर्धारित निर्णय अनुसार कार्यसमितिमा रिक्त रहेका पदहरुमा पनि सक्रिय पदाधिकारीहरुलाई पूर्ति गरिएको छ जस्मा सहसचिव रिम खत्री आफनो कतार बसाईलाई समाप्त गरि नेपाल जान लाग्नुभएकाले उहाको पद रिक्त भएको थियो उक्त जिवन रेग्मीलाई पदस्थापन गरिएको छ नेपाल जान लाग्नुभएका रिम खत्रीलाई सस्थाले औपचारिक विदाई पनि गर्ने भएको छ ।
सदस्यहरुमा गंगा पौडल, नर बहादुर केसी, युवराज पोख्रेललाई पनि सदस्य पदमा सर्वसम्मतरुपमा नियुक्त गरिएको छ ।
बैठकमा संगठन विभाग, अनुसाशन विभाग र आर्थिक विभागमा तीन तीन जना सदस्य रहने गरि संयोजक पनि तोकिएको छ । उपस्थित सवैलाई सस्थाको औचित्य, बर्तमान अवस्था र भावि कार्यदिशाको बारेमा प्रष्ट पार्दे अध्यक्ष केवि हमालले कार्यक्रमको समापन गर्नुभएको थियो । कतारको दोहामा सम्पन्न उक्त बैठकको सन्चालन सो सस्थाका सचिव कमल खरेलले गर्नुभएको थियो ।