एनआरएन पोर्चुगलको चुनावका लागि समिति

– बिनोद घिमिरे 
लिस्वन, एनआरएन ए पोर्चुगल को चौथो अधिवेशन को माहौल बिस्तारै तात्न थालेको अनुभव गर्न थलिएको छ। सोमबार दिउसो एनआरएन ए कार्यालय रोसियो मा देखिएको भिड ले यस्तै कुरा को संकेत गरेको छ।  अधिवेशन को दिन आउन २ हप्ता भन्दा कम समय रहदै गर्दा पनि अधिवेशनका गतिविधि ले खासै गति लिन नसकिरहेको अवस्थामा  पोर्चुगल स्थित विभिन्न संघ-सस्था र राजनैतिक दलका भात्री संगठनहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको भेला ले आगामी कार्य समिति को चयन गर्न प्राध्यापक डा. महेन्द्र पन्थी को संयोजकत्वमा एक निर्वाचन समिति गठन गठन गरिएको छ।  
जसको सह-संयोजकमा नारायण सापकोटा र सदस्यमा जित गुरुङ रहेका छन् । 
साथै समितिमा २ सदस्य पछि थप गरिने पनि जनाईएको छ। 
त्यसै गरि बिध्यमान बिधानमा शंसोधन तथा परिमार्जन गर्न भिम केसी कमल को संयोजकत्वमा खेमराज रानाभाट, शेर शिं ठकुरी र यम गुरुङ सदस्य रहेको बिधान संशोधन समिति गठन गरिएको छ। आगामी कार्य समिति सकभर सहमतीय आधारमा चयन होस् भन्ने हेतुले एक उच्च स्तरिय समन्वय समिति पनि छिट्टै गठन हुने जानाकारी अध्यक्ष गुरुङ दिएका छन्।  साथै उनले नयाँ सदस्यता वितरण र नवीकरण को अन्तिम म्याद जुलाई १५ सम्म रहेको जानाकारी समेत दिएका छन् ।