मोबाइल खेलाउँदा चट्याङ लागेर नुवाकोटको जेन्जेनवासमा एक जनाको मृत्यु, तीन जना घाइते

नुवाकोट  । नुवाकोटको सामरी गाउँ विकास समिति जेन्जेनवासमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 
मोबाइल खेलाउँदै गर्दा परेको चट्याङबाट मोबाइल पड्किंदा १७ वर्षीय सन्तोष तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
स्थानीय लालमायाँ तामाङ, याग्री तामाङ र कमीसन तामाङ सख्त घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको बताइएको छ ।
RSS

अन्य समाचारहरु