१४ वर्षीय बालकले दुई वर्षीया बालिकालाई जर्बजस्ती करणी गरे

राजेन्द्र नाथ, जे पाण्डे

 

नेपालगन्ज  – दुई वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा एक १४ वर्षीय बालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रवार बालकलाई पक्राउ गरेको हो । बालिकालाई परामर्सका लागि एक संस्थामा पठाइएको छ ।


बाँकेको कुसुमकी ती दुई वर्षीया बालिकालाई छिमेकमा बस्दै  आएका बालकले गत २ गते साझ घर नजिकको मकै बारिमा लगेर जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि घरका तथा अन्य छिमेकी मकैबारिमा पुग्दा ती बालक भागेको र बालिकाको योनीबाट रगत निस्किएको देखेपछि परिवारले आफन्तको सल्लाहमा प्रहरीलाई खबर गरेको थियो ।


बालिकाका आफन्तले ईलाका प्रहरी कार्यालयमा जर्बजस्ती करणीमा जाहेरी दर्ता गरेका छन् । प्रहरीले पीडित परिवारलाई सहयोगका लागि एड्भोकेसी फोरममा पठाएको छ । एड्भोकेसी फोरमका क्षेत्रीय प्रमुख वसन्त गौतमले जाहेरी दर्ता लगायत अन्य प्रकृयामा पीडितलाई सहयोग गरिरहेको बताए ।   

अन्य समाचारहरु