चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाको आक्रमणमा परी माडी गर्दी गाउँ विकास समिति वडा नं ४ पाँचपाण्डवका सोल बोटको हिजो साँझ मृत्यु भएको हो ।

 

बस्ती नजिकैको रिउ खोलामा माछा मारिरहेका बेला बोटलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । निकुञ्जबाट निस्किएको गैंडा बस्ती छेउको काँसघारीमा पुगेका बेला अर्का एक स्थानीयबासीलाई समेत आक्रमणको प्रयास गरेको थियो ।

 

RSS

अन्य समाचारहरु