अमेरीका स्थित कोलोराडोमा फुटेर होईन जुटेर अघिबढौं भन्ने सन्देश संगै समर पिकनिक सम्पन्न

– नातिबाबु भट्ट

 

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक शनिबार सम्पन्न भयो ।


रकी माउन्टेन फ्रेन्डस् अफ नेपाल र नेपालीघरको संयूक्त आयोजनामा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ७ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो ।


बिगतका बर्षहरुमा दुबै संस्थाले छुट्टाछुट्टै गर्ने गरेको समर पिकनिक यसबर्ष देखि फुटेर होईन जुटेर एक्ला एक्लै होईन संगै मिलेर जाने सहमती भए अनुसार दुबै संस्थाले संयुक्त रुपमा आयोजना गरिएको हो ।


पिकनिकमा विशेष अतिथीको रुपमा नर्थग्लेनकका मेयर ज्वाईस डाउन्नीङ


 को उपस्थित रहेको थियो । विशेष अतिथीको आसनबाट बोल्दै जोईकले बिगत धेरै बर्ष अगाडी देखि नेपालीहरुले कार्यक्रम आयोजना गर्ने गरेको यस पार्कमा धेरै प्रकारका नेपाली खानाको श्वाद चाख्नुको साथै यती धेरै नेपाली दाजुभाई, दिदीबहिनीहरु संग चिनाजानी गर्नेमौका पाएकोमा आफुलाई धेरै खुशी लागेको बताईन ।  आगामी दिनमा यस्ता कार्यक्रमले नेपाली तथा अमेरीकी समुदायमा बिच सद्भाव बढाउदै जाने र सहयोग आदान प्रदानगर्न समेत सजिलो हुने धारण ब्याक्त गरिन् । 


बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका ब्याक्तिको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउने मानीसहरुको उपस्थिती  भने कम थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरीलो नेपाली संगीतका साथ रमाई रहेको देख्दा आफुलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।


कार्यक्रममा  सहभागीहरुलाई थप मनोरन्जनकालागी बाल बालिका, महिला बिच म्यूजिकल चियर, बोरा दौड र पुरुषहरु बिच  डोरी तान्ने खेल प्रतियोगीता  आयोजना गरिएको थियो ।


कार्यक्रममा आयोजक संस्थाहरुको समन्वयमा जुलाई ७ देखी सञ्चालन भएको गल्फ, टेनिस, भलीबल , प्रमिला बिजयराज निबन्ध प्रतियोगिताका बिजयी प्रतियोगीहरुलाई बिशेष अतिथी जोईक डाउन्नीङ, नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका शरद आचार्य, रामप्रसाद श्रेष्ठ,  डा. बिजयराज शर्मा, शैली बस्नेत, शुरेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुबाट  ट्रफी,नगद कदरपत्र प्रदान गरि सम्मान गरिएको थियो ।


कार्यक्रममा बिश्वको सात वटै माहादेशमा रहेकोे  उच्च शिखर आरोहण गर्ने लक्ष्य लिएर हिडेका सात नेपाली महिला टिमकी  शैली बस्नेतले अमेरीकामा आई यती धेरै नेपाली जमघट भई एक आपसमा समन्वय बढाउन यस्तो कार्यक्रम गरेको देख्न पाउंदा आफुलाई धेरै खुशीलाएको बताइन् । आफुहरुलाई हौसला दिन आग्रह गरिन् । आगामी दिनमा रकिमाउन्टेन र नेपाली घर एक आपसमा हातेमालो गर्दै मातृभुमी नेपालको बिकाशको लागी जुटन सबैलाई आग्रह गरिन् ।

त्यसैगरी  सोही कार्यक्रममा नेपालीघरको नयां कार्यसमितीको लागी गठित  निर्बाचन कमिटिका अध्यक्ष भिष्मजित प्रधानले सबै पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै पदाधिकारीहरुलाई बिजयी भएको प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रममा नेपालीघरले आयोजना गरेको नयांबर्ष लगायतका बिभिन्न कार्यक्रममा सहयोग गर्ने कलाकार लगायतका ६२ जना बिभिन्न क्षेत्रका ब्याक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।


यसैगरी  नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले कोलोराडोमा नेपाली समाज निर्माण गर्न सबैले आङ्खनो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यले कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई धन्यबाद दिंदै नेपालीहरु बिच एक आपसमा  सद्भाव बढाउन तथा नेपाल र नेपालीको सांस्कृती र पहिचाहन जोगाई राख्न यस्तो कार्यक्रम आयोजना गरेको प्रष्ट्याए । उनले यस अघिका पिकनिकहरु भन्दा यो पिकनिक बिशेष उद्धेश्य लिएर सञ्चालन गरिएको बताउदै सहभागीहरुबाट संकलन गरिएको केही रकम नेपालका बाढिपिडितहरुका लागी पठाउने जनाए ।