– बिनोद घिमिरे
लिस्वन – गैर आवाशीय नेपाली संघ (एनआरएन) पोर्चुगल को चौथो अधिवेशन आगामी दुई बर्ष को लागी नयाँ कार्य समिति को चयन गर्दै आइतवार राजधानी लिस्वनमा सम्पन्न भब्य रुपमा भएको छ। एनआरएन युरोप संयोजक कुमार पन्त को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम को उद्घाटन प्रमुख अतिथि पन्त र राष्ट्रिय समन्वय परिषद का अध्यक्ष रमेश कुमार गुरुङ ले दियो बालेर संयुक्त रुपमा उदघाटन गरेका थिए।
युरोप संयोजक कुमार पन्त ले अध्यक्ष रमेश कुमार गुरुङ सँग २ बर्षे कार्यकालको सहकार्य अत्यन्तै सुखद रहेको चर्चा गर्दै एनआरएन धनिमानी हरुको मात्र नभएर प्रवाशमा रहेका सम्पूर्ण नेपालीहरुको भएको बताएका छन्। उनले अगाडी भने पदका लागी प्रतिष्पर्धा गर्नु भन्दा काम लागी प्रतिष्पर्धा गरिनु पर्दछ। सामुहिक लगानी, बाढी पिडित को सहयोग संकलनका लागी प्रतिष्पर्धा भएमा अर्थपूर्ण हुनेछ।
एनआरएन कुनै पार्टी बिशेष, समूह र जातजाती को नभई समग्र नेपाली जाती को हो, उनले भने। एनआरएन आईसीसी सदस्य पूर्ण हमाल ले सस्था को बृहत्तर हित को लागी पद को भागबन्डा गरेर कार्यसमिति चयन गरिनु भन्दा समय दिन सक्ने सक्षम व्यक्ति ले पद को लागी दावी गर्नु सान्दर्भिक हुने बताउदै नयाँ कार्यसमिति लाई कार्यकालको सफलता को शुभ-कामना ब्यक्त गरे। पोर्चुगल स्थित विभिन्न संघ-सस्था का अध्यक्ष तथा प्रतिनिधि हरुले अधिवेशन सफलता को शुभ-कामना ब्यक्त गरेका थिए।
प्रवाशी नेपाली मंच का अध्यक्ष सुभाष चन्द्र अधिकारी ले आफनो संगठन सहमति र सहकार्य लाई बढावा दिन हदै सम्म लचिलो भएर प्रस्तुत भएको तर हैसियत भन्दा माथी गएर साथीहरुले पदको माग गर्नु भएकोले सहमति हुन सकेन। नेपाली जन प्रगतिशील मंचका अध्यक्ष राम बहादुर गौचन ले बिगत कार्यकाल मा आफनो संगठन को सहयोगको मुल्यांकन नै नगरी जनसम्पर्क समिति ले स्व. बिपी कोइराला र जिपी कोइरालाको मेलमिलाप र सहकार्यको नीति को उपहास गर्दै सहमति गर्ने वातावरण नबनाएकोले आफनो सस्था निर्वाचन प्रक्रिया बाट बाहिरिएको बताए।
नेपाली जन सम्पर्क समितिका अध्यक्ष लक्ष्मि प्रसाद सापकोटाले सदस्यता वितरणमा कुनै पनि सक्रियता नदेखाउने र सदस्यता नवीकरण नै नगर्ने सस्था प्रतिनिधिहरुले महत्वपूर्ण पद दावी गर्नु हास्यास्पद भएको बताए। उनले अगाडी भने, सम्पर्क समितिले आफनो सक्रियता र एनआरएन लाई गरेको सहयोगको आधारमा तिन महत्वपुर्ण पद दावी गर्नु अस्वाभाविक नरहेको बताए। एनआरएन आईसीसी सुचना तथा संचार कार्य दलका सदस्य भिम कमल केसी ले सदस्यता वितरणमा कुनै सहयोगी भूमिका निर्वाह नगर्ने र नेपाली नागरिक दुर्घटनाबाट निधन हुदा कार्यालय को चाबी लुकाउने पदाधिकारीले सस्था को जिम्मेवार पद को लागी दावी गर्नुले सम्पूर्ण नेपाली समाज र संस्थाको उपहास गर्न खोजेको बताए। त्यस्ता गतिबिधिलाई नेपाली समाजले कहिल्यै क्षमा नदिने बताए।
आप्रवाशी हरु को हित मा काम गर्ने ईमिग्रान्ते र महिला अधिकार कर्मी हरु ले नेपाली महिलाहरु समस्या को समाधानका लागी सहकार्य गर्न ईच्छुक रहेको बताएका छन्। यसरी अधिवेशनको सफलता को शुभ-कामना ब्यक्त गर्नेहरुमा नेपाल पोर्चुगल कला, संस्कृति तथा साहित्य संचार परिषद का अध्यक्ष कुमार श्रेष्ठ, नेपाल उत्पीडित जातिय समाज का अध्यक्ष प्रेमलाल नेपाली लगायत व्यक्तिहरु थिए। त्यसैगरी अध्यक्ष रमेश कुमार गुरुङ ले २ बर्षे कार्यकाल मा सहयोग पुर्याउनु हुने सबै लाई धन्यवाद ब्यक्त गर्दै नेपाल मा पोर्चुगलको बैतनिक कन्सुलर, परिवार मिलन भिषाको सहजीकरण, नेपाल हाउस को स्थापना लगायत का बिषयमा प्रक्रिया अगाडी बढी रहेको जानाकारी दिए। अध्यक्ष रमेश कुमार गुरुङ को सभापतित्व मा सम्पन्न उद्घाटन सत्र को कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिलाराम चापागाई ले स्वागत मन्तब्य राखेका थिए भने संचालन सह-सचिब सोनाम योञ्जन लामा ले गरेका थिए।
बन्द सत्र को कार्यक्रममा सह-सचिब सोनाम योञ्जन लामाले बार्षिक र कोषाध्यक्ष सुरेन्द्र अमागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन हरु को छलफल पश्चात उपस्थित शतप्रतिशत सदस्य ले पारीत गरेका थिए।
सोहि अवसर मै नेपाली वेब पत्रिका को अनलाईन संस्करण को प्रमुख अतिथि पन्त ले सार्वजनिक गरेका थिए।
निर्वाचन समिति का संयोजक डा. महेन्द्र पन्थी ले तोकिएका प्रत्येक पदमा एक/एक जना को मात्र उम्मेदवारी परेकोले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। साथै डा. पन्थीले निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सपथ गराउनु भएको थियो। त्यस्तै निर्वाचितहरुलाई प्रमुख अतिथि कुमार पन्त तथा निर्वाचन समितिका सह-संयोजक नारायण प्रसाद सापकोटाले प्रमाण-पत्र प्रदान गरेका थिए।
नयाँ कार्य समिति एक पक्षीय तरिकाले चयन गर्न खोजिएको आरोप लगाउदै आदिबासी जनजाती महासंघ र संघिय समाज ले एनआरएन का सबै कार्यक्रम बहिष्कार गर्ने घोषणा छन्।
चौथो अधिवेशनबाट अध्यक्षमा रमेश कुमार गुरुङ र आई सी सी सदस्यमा सुर्य हमाल लगायत सम्पूर्ण सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जस अनुसार भावी कार्य समिति सदस्यहरु यस प्रकार रहेको छ ।
अन्तराष्ट्रिय समन्वय समिति तर्फ :
१.आई सी सी सदस्य : सुर्य हमाल
२. आई सी सी, युवा प्रतिनिधि: कमल गुरुङ
३.आई सी सी, महिला प्रतिनिधि : मनुमायाँ मल्ल रानाभाट
राष्ट्रिय समन्वय समिति तर्फ :
१. अध्यक्ष : रमेश कुमार गुरुङ
२. उपाध्यक्ष : गोविन्द प्रसाद सापकोटा
३. उपाध्यक्ष: गोविन्द पौडेल
४. सचिव : हेमन्त सेढाईं
५.सह-सचिव : बुद्धि बहादुर गुरुङ
६. कोषाध्यक्ष: पुरुषोत्तम सुवेदी
७.सदस्य : रमेश कंडेल
८. ,, : मंगल बहादुर परियार
९. ,, : शिवराज पौडेल
१०. ,, : कृतिकाला पोखरेल
११. ,, : भोज नारायण रेग्मी
१२. ,, : कृष्ण कंडेल
१३. ,, : विष्णु प्रसाद खनाल
१४. ,, : मिलन सुवेदी
१५. ,, : भुपेन्द्र सुवेदी
१६. ,, : शुसिला थापा
१७. ,, : तिर्थराज सिलवाल
लेखा समिति अध्यक्ष : तिलक गैरे
सदस्य:-लिलामणि पौडेल
सदस्य:-डिल्ली प्रसाद कंडेल
आईसिसि सदस्य मा निर्वाचित युवा व्यवशायी सुर्य हमाल एनआरएन पोर्चुगल सस्थापक समिति का सदस्य र दोस्रो अधिवेशन पश्चात खेलकुद संयोजक रही सस्थाका हरेक गतिबिधी लाई सहयोग पुर्याउदै आएका व्यक्ति हुन्। यसैगरी अध्यक्ष रमेश गुरुङ यसअघि २ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरि आम नेपाली माझ लोकप्रिय छन्। उपाध्यक्षमा निर्वाचित गोबिन्द सापकोटा व्यवशायी हुन् भने उनको एनआरएन को यात्रा पहिलो हो।
अर्का उपाध्यक्ष गोबिन्द पौडेल पनि नयाँ अनुहार हुन्। सचिव हेमन्त सेढाई दोर्सो अधिवेशनबाट निर्वाचित सह-सचिब हुन्। कोषाध्यक्ष पुरुषोत्तम सुवेदी यसअघि को कार्य समितिका सदस्य हुन् भने सह-सचिब बुद्धी गुरुङ पनि नयाँ हुन्। सदस्यहरु, आईसिसि सदस्य, युवा प्रतिनिधि, महिला प्रतिनिधि र लेखा समितिका सबै नयाँ अनुहार हुन्। पुरानो कार्य समिति बाट अध्यक्ष र कोषाध्यक्ष मात्र नयाँ कार्य समितिमा सम्मिलित छन्।