कास्कीमा फोहार फाल्नको लागि कारागार परिसर बाहिर निस्किएका बन्दी भागे

लालप्रसाद शर्मा

पोखरा   – जबरजस्ती करणीको मुद्दा अन्तर्गत कास्की जिल्ला कारागारमा रहेका एक बन्दी आज बिहान भागेका छन् ।
फोहार फाल्नको लागि कारागार परिसर बाहिर निस्किएका बन्दी हेमबहादुर तामाङ भागेका हुन् । 
पोखरा उपमहानगरपालिका-१३ माटेपानीका तामाङ २०६९ चैत २० गते पुर्पक्ष थुनाका लागि कारागार ल्याइएका थिए । 
उनको खोजी कार्य भइरहेको जेलर सुनिलकुमार अधिकारीले बताए    । 

अन्य समाचारहरु