कतार – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको हुन गईरहेको आसन्न पाँचौ महाधिवेशनको महिला यूवा संयोजक पदमा सम्झना उप्रेती (पुडासैनी)ले उम्मेदवारी दिएको घोषणा गर्नु भएको छ ।
नेपाल रहँदा विगत एक दशक देखि शुभकामना संचार समूहको महासचिव पदमा कार्यभार सम्हालेर बस्नुभएकी सम्झना नारीमुखी पत्रिकामा पनि आवद्ध भई सक्रिय भूमिका निर्वाह गरेको हुनाले आफु एनआरएनको महिला यूवा संयोजक पदमा विगतको अनुभवलाई प्रयोग गरी कतारमा रहेका महिला दिदी बहिनीहरुको आम समस्यालाई आफ्नो पदीय अधिकार मार्फत एनआरएनए कतार शाखामा राखी संस्थागत रुपमा निकास खोजी समस्या समाधान गर्न आफुले कुशलतापुर्वक दायित्व निर्वाह गर्न सक्ने बताउनुभएको छ ।
विगतको कार्यकालमा पूर्ण हुन नसकेका कामहरु र वर्तमान अवस्थाको विद्यमान समस्या प्रति आफुले प्राप्त गरेको सम्पुर्ण अनुभव लगाएर समाधान गर्न र कतार शाखा मार्फत सम्बन्धित पक्ष सम्म पुग्न विना हिच्किचाहट गर्न सक्ने उनको दावा रहेको छ ।
कतारमा हालका दिनमा महिला दिदीबहिनीहरु पनि रोजगारीको लागि आउने क्रम तिब्र भएको र त्यहि तिब्रता र महिला दिदीबहिनीहरुको संख्यात्मक बृद्धिको साथै समस्याहरु पनि बृद्धि हुँदै गएको हुनाले महिला दिदीबहिनीहरुले भोग्नु परेका विभिन्न अड्चन र संवेदनाहरु महिलाहरुले मात्र निकट बाट बुझ्ने भएको हुनाले यस्ता संगीन समस्याहरुको लागि आफुले समय दिएर कुनै पनि भूमिका निर्वाह गर्न पछि नपर्ने पनि उहाँको दावा रहेको थियो ।