रत्ननगर, चितवन – चितवनको नारायणगढ कुरिनटार सडकखण्डअन्तर्गत दारेचोकमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कुरिनटारबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय ल्पेट नम्बर युपी३२सिजेड९०३ ट्रकले विपरीत दिशातर्फ गैइरहेको बा५०प ९४७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँ आँबुखैरेनीका २८ वर्षीय डिसिजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान १ बजेको समयमा भएको सो दुर्घटनामा परी गम्भीर घाइते भएका परियारको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने अर्जुन श्रेष्ठ भने घाइते भएका छन् । उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
– रासस