सिन्धुलीको दोभान गाउंमा बादरले आतंक मच्चाउदा स्थानीय बासिन्दाहरु त्रसित र भयभित

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १८ दोभान गाउंमा केही दिन यता बादरले आतंक मच्चाउदा स्थानीय बासिन्दाहरुलाई त्रसित र भयभित भएका छन् । गत ५ दिन यता बादरको आक्रमणका कारण ५ जना सख्त घाईते भएका छन् । बादरको आक्रमणबाट रेविजको ईन्जेक्सन लगाउन जिल्ला अस्पताल सिन्धुलीमाडीमा आएका पीडतहरुले सरकारले सो स्थानबाट तत्कालै बादर धपाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

 

जलवायु परिवर्तनका कारण तराईको महोतरी जिल्लाको खयरमारा र सर्लाही जिल्लाको सागरनाथ वन क्षेत्रबाट हुलका हुल बांधेर चुरे पहाड र कमलानदी पार गरी सो स्थानमा आई पुगेका बादरहरुले स्थानीय बासिन्दाहरुका घर-घरमा पसेर खाद्यान्न खाने गरेपछि स्थानीयहरु आतकित भएका हुन् । 



भोकाएका बादरहरुले घर-घरमा पसेर बाल बालिका तथा बृद्व-बृद्वाहरुलाई पिटने-चिथोर्ने गरेका छन् । हुल बांधेर आएका राता हजारीया फौजका बादरहरुका कारण घरमा पालिएका कुकुरहरु समेत डराएर भागेको बताईएको छ । तराई क्षेत्रमा गर्मी बढेको र जंगलमा बस्ने बादरहरुलाई खानेकुरा समेत नभएका कारण बादरहरु पहाडी क्षेत्रमा बसाइ सरेको हुन सक्ने अनुमान गरिएको छ । 



कमलामाई नगरापालिकाको सो दोभान गाउं कमला र चदाहा नदीको संगम स्थल समेत भएको र हरियाली भएका कारण बादरहरुले सोही स्थानलाई तत्कालको बसोबास स्थल बनाएर स्थानीयको घर घरमा आतंक मच्चाएको अनुमान गरिएको छ ।



RSS

अन्य समाचारहरु