बर्दियाको गुलरिया भन्सार रोडबाट लागुऔषधसहित दर्जीलाई पकाउ

बर्दिया  । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ भन्सार रोडबाट प्रहरीले लागुऔषधसहित २७ वर्षिय अब्दुल मलिक दर्जीलाई पकाउ गरेको छ । 

गोप्य सुचनाका आधारमा खानतलासी गर्दा धागो, वटनको पसलमा १५ ग्राम व्राउन सुगर लुकाई राखेको अवस्थामा प्रहरीले दर्जीलाई पक्राउ गरेको हो । 
दर्जीको साथबाट प्रहरीले ३० ग्राम चरेश, एलप्रामेड ट्यावलेट २० वटा र व्राउन सुगर खाँदा प्रयोग गरिने चम्कने कागज बरामद गरेको छ ।
RSS

अन्य समाचारहरु